• २०८१ बैशाख १७ सोमबार

मेसी र रोनाल्डोलाई बिर्साउने यी हुन् यस विश्वकपका उत्कृष्ट खेलाडी 

kharibot

काठमाडौँ  । ३२ टिमबीचको घमासान पछि फ्रान्सले यस पटकको विश्वकप  जितेको छ । विश्वकप सकिए सँगै यस विश्वकपका उत्कृष्ट खेलाडीहरुको चर्चा हुन् थालेको छ ।

उनीहरुले विश्वकपमा गरेको प्रदर्शनले विभिन्न लिगमा उनीहरुको माग बढ्ने मात्र होइन करोडौ रुपैयाको अफर समेत पाउन लागेका छन् । यस विश्वकपमा अर्जेन्टिनाका लियोनेल मसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, जर्मनीका मुलर बाहेक अन्य ५ यस्ता खेलाडी रहे जसले उत्कृष्ट प्रदर्शन गरे ।

यस विश्वकपको सबैभन्दा ठुलो खोजको रुपमा फ्रान्सका १९ बर्षिय किलियन एम्बाप्पे रहे । उनलाई ब्राजिलका महान फुटबलर पेलेसंग तुलना गरिएको छ । उनले यस विश्वकपमा पेलेपछि  कम उमेरमा गोल गर्ने खेलाडी बनेर नयाँ रेकर्ड बनाए । अर्जेन्टिनाविरुद्धको खेलमा २ गोल गरेका एम्बाप्पेले यस विश्वकपमा कुल ४ गोल गरे भने फाइनल समेत गोल गर्दै फ्रान्सलाई विश्वकप जिताउन ठुलो भूमिका खेले । उनलाई यस विश्वकपको उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत दिइयो ।

यस विश्वकपमा बेल्जियमका रोमेलु लुकाकुको प्रदर्शन  रह्यो । कुल ४ ग्ल गरेका लुकाकुले बेल्जियमलाई फाइनलमा पुर्याउन नसकेपनि सेमिफाइनलसम्म पुर्याउन लुकाकुको ठुलो भूमिका रह्यो । खासगरि अन्तिम १६ मा जापानविरुद्धको खेलमा बेल्जियमले गरेको कम्ब्याकमा लुकाकुको ठुलो भूमिका रह्यो ।त्यस्तै यस विश्वकपमा सबैभन्दा धेरै २७ गोल बचाएर बेल्जियमका गोलकिपर थिवाट कोर्टीयसले गोल्डेन ग्लोभ्स जित्न सफल भए ।

फ्रान्सका अट्याकीङ मिडफिल्डर एन्टोनी ग्रिजम्यानको प्रदर्शन पनि यस विश्वकपमा उत्कृष्ट रह्यो । उनले फाइनलमा सहित यस विश्वकपमा ४ गोल गरे । यस विश्वकपको पेनाल्टीमा गोल गर्ने ग्रिजम्यान पहिलो खेलाडी पनि हुन् । उनले यस विश्वकपमा कुल १९ पटक गोल पोष्टमा बल हान्न सफल भएका थिए ।

त्यस्तै यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा इङल्याण्डका ह्यारी केन पनि रहे । इङल्याण्ड यस विश्वकपमा चौथो भएपनि केनले उत्कृष्ट प्रदर्शन गर्दै एक ह्याट्रिकसहित कुल ६ गोल गरे र गोल्डेन बुटको उपाधि पनि जित्न सफल भए ।

यस विश्वकपको उत्कृष्ट खेलाडी बने क्रोसियाका कप्तान समेत रहेका लुका मोड्रीच । टिमलाई सहि नेतृत्व गर्दै पहिलो पटक क्रोसियालाई फाइनलमा पुर्याउन मोड्रीचको महत्वपूर्ण भूमिका रह्यो उनको यहि भूमिकालाई कदर गर्दै उनलाई यस विश्वकपको गोल्डेन बल दिइयो । उनी यस विश्वकपमा सबैभन्दा धेरै समय खेल्ने खेलाडी हुन् । उनले ६९४ मिनेट खेलेर यो रेकर्ड बनाएका हुन् । २ गोल गरेका मोड्रीचले एक गोल असिस्ट पनि गरेका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै