• २०८१ बैशाख १६ आइतबार

पहिरोका कारण नारायणगढ—मुग्लिन सडकखण्ड अवरुद्ध, दुइतर्फी खुल्न एक बजेसम्म लाग्ने 

kharibot

चितवन  । नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ६ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पहिरो सफा गरेर दुईतर्फी रुपमा सवारी सुचारु गर्न कम्तीमा दिउँसो १  बज्न सक्ने अनुमान गरिएको नारायणघाट मुग्लिन सडक आयोजनाले जनाएको छ ।  आयोजनाले बैकल्पिक सडक प्रयोग गर्न मिल्ने सवारी साधनहरुले सोही बमोजिम गर्नु अनुरोध गरेको छ । 

सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै