• २०८१ बैशाख १४ शुक्रबार

युरोपेली कमिशनद्वारा गुगललाई ५ खर्ब ४९ अर्ब १२ करोड ५० लाख जरिवाना

kharibot

काठमाडौँ । युरोपियन युनियनले विश्वकै टेक जाइन्ट कम्पनी गुगललाई ५ बिलियन अमेरिकी डलर जरिवाना गरेको छ । यो रकम ५ खर्ब ४९ अर्ब १२ करोड ५० लाख नेपाली रुपैया हुन आउछ । 

युरोपियन कमिसनले गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोयडलाई युरोपमा गैरकानुनी ढंगले चलाएको भन्दै सो जरिवाना गरेको बिबिसीले जनाएको छ । 

सामान्य रुपमा इन्टरनेटमा खोज्दा गुगलले एन्ड्रोयडलाई प्राथमिकता दिएर सुरुमै आउने बनाएको भन्दै सो जरिवाना गरिएको जनाइएको छ । एन्ड्रोयडको मुख्य कम्पनी अल्फाबेटलाई ९० दिन भित्र सो प्रणालीलाई ठिक गर्न भनिएको छ । ९० दिनमा ठिक नगरेमा गुगलको प्रतिदिनको टर्न ओभरमको ५ प्रतिशतका दरले जरिवाना लाग्ने पनि कमिसनले जनाएको छ ।

कमिसनलले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी दिदै गुगलले बजारको प्राकृतिक नियमलाई मिचेको र यसले बजार बिगार्ने बताएको छ । कमिसनको नेतृत्व गरेकी मिस भेस्टागरले यस अघि पनि गुगललाई २.८ बिलियन फाइन गरेकी थिइन् ।

एन्ड्रोयडका डिभाइस किन्दा प्ले स्टोरमा जानका लागि गुगलको सर्भिसहरु जस्तै क्रोमो, तथा सर्ज एप्स पहिला नै इन्स्टल गरिएको हुन्छ र यिनको प्रयोग अनिवार्य गरिएको छ, जुन गैरकानुनी छ । गुगलले एन्ड्रोयड डिभाइस उत्पादकसँग आफ्ना सर्भिस  पहिला नै इन्स्टल गर्न पैसाको कारोबार हुने गरेको र गुगलका बाहेक अन्य कम्पनिआ सर्भिस प्रयोग गर्न नमिल्ने गरि एन्ड्रोयड अपरेटिङ सिस्टम भएका उत्पादन बजारमा ल्याइएको छ जुन गैर कानुनी रहेको भेस्टागरको दाबि रहेको छ ।

गुगले भने युरोपेली कमिसनको सो फैसलाविरुद्ध अपिल गर्ने बताइएको छ । 
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै