• २०८१ बैशाख १७ सोमबार

गुगलले १० भारतीय एप किन हटायो ?

kharibot

काठमाडौँ । गुगलले आफ्नो एप बिलिङ नीति पालना नगरेको भन्दै १० भन्दा बढी भारतीय कम्पनीहरुविरुद्ध कारबाही गरेको विषय अहिले चर्चामा छ । गुगलले शुक्रबार आफ्नो प्लेस्टोरबाट भारत मेट्रोमेनियल, शादी डट कमसहितका ठुला १० एप हटाएको थियो ।

रिपोर्टका अनुसार गुगलले भारत म्याट्रिमोनी, शादी डट कम, नौक्री डट ​​कम, ९९-एकर्स डट कम, अल्ट, स्टेज, आहा, ट्रुली म्याडली, क्वाक क्वाक, कुकु एफएम र एफआरएनडी जस्ता कम्पनीहरूको एप गुगल प्लेबाट हटाएको थियो ।  तर भारत सरकारको हस्तक्षेपपछि गुगलले आफ्नो एप स्टोरबाट हटाइएका एपलाई पुन: समावेश गरेको छ ।

गुगलले यी कम्पनीहरूसँग पर्याप्त समय भए पनि बिलिङ नीतिमा सहमत नभएकाले अब कारबाही गर्नुपर्ने बताएको छ ।

गुगलका अनुसार यी विकासकर्ताहरूलाई तयार हुन तीन वर्षभन्दा बढी समय पाएको भए पनि सो समयमा तयार नगरेको बताएको छ । गुगलले आफ्नो नीति सम्पूर्ण इकोसिस्टममा लागू हुने कुरा सुनिश्चित गर्न आवश्यक कदम चालिएको बताएको छ।

सर्वोच्च अदालतले फेब्रुअरी ९ मा भारत मैट्रिमोनी जस्ता इन्टरनेट कम्पनीहरूलाई गुगलको प्ले स्टोरबाट हटाउनबाट जोगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । अदालतमा यस मुद्दाको अर्को सुनुवाइ मार्च १९ मा हुनेछ ।

भारत सरकारको हस्तक्षेप पछि अब गुगल र एपका प्रतिनिधिहरुलाई छलफलका लागि अर्को साता बोलाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै