• २०८१ बैशाख १५ शनिबार

आर्थिक बर्षको पहिलो दिन नेप्से घट्यो 

kharibot

काठमाडौ । अघिल्लो दुई दिन लगातार बढेको नेप्से चालुु आर्थिक बर्षको पहिलो कारोवार दिन अर्थात आज मंगलबार भने घटेको छ । 

आज नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंकले घटेकाछन । नेप्से आठ दसमलव पाँच अंकले घटेर १२ सय चार दसमलव ३१ बिन्दुुमा झर्दा सेन्सिटिभ एक दसमलव ५८ अंकले घटेर दुुई सय ५३ दसमलव ६२ बिन्दुुमा झरेको छ । 

एक सय ५२ कम्पनीहरुको दुुई हजार छ सय ६० वटा कारोवारमा पाँच लाख १४ हजार एक सय ६१ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम २० करोड ६० लाख ८८ हजार एक सय ३१ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक उच्च बिन्दुुले घटेकाछन भने बाँकी तीन वटा समुहको सुचक सामान्य अंकले बढेकाछन । फाईनान्स समुहको सुचक तीन दसमलव ७३ अंकले बढेर छ सय नौ दसमलव ४० बिन्दुुमा चढ्दा २३ लाख ६९ हजार चार सय १० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । ट्रेडिङ र अन्य समुहको सुचकमा पनि आज अंकले सुधार आएको छ । 

घट्ने समुहमा परेको बाँणिज्य बैक समुहको सुचक भने आज चार दसमलव ७७ अंकले घटेर एक हजार १८ दसमलव ७९ बिन्दुुमा झरेकोमा ११ करोड ५४ लाख ७१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिगतमा एउटै समुहमा कारोवार हुुने गरेको बीमा समुहको सुचक आजबाट जीवन र निर्जिवन गरी छुुट्टाछुुट्टै समुहमा कारोवार हुुने गरेकोमा दुुबै समुहको सुचक घटेकाछन । 

निर्जिवन बीमा समुहको सुचक ८७ दसमलव ६७ अंकले घटेर छ हजार एक सय ११ दसमलव ७८ बिन्दुुमा झर्दा एक करोड ३६ लाख एक हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जीवन बीमा समुहको कारोवार सुचक पनि ७४ दसमलव ११ अंकले घटेर छ हजार एक सय २५ दसमलव ३४ बिन्दुुमा झरेकोमा एक करोड ७९ लाख ४५ हजार दुुई सय रुपैयाँको खरिद बिक्री भएको छ । 

बिकास बैक समुहको सुचक पनि आज आठ दसमलव एक अंकले घटेर १४ सय २६ दसमलव छ बिन्दुुमा झरेकोमा ८२ लाख ९० हजार छ सय ३० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युुत, होटल, उत्पादनमुुलक र लघुबित्त समुहको सुचकमा पनि पनि आज गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ७६ पैसाले बढेर एक सय ५७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको बोटर्लस नेपाल तराई लिमिटेडको सेयर मुल्य पाँच रुपैयाँ ८२ पैसाले घटेर पाँच हजार पाँच सय ३५ रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नबिल बैंकको प्रतिकित्ता नौ सय रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ८१ लाख ८३ हजार आठ सय ७५ रुपैयाँको सेयर कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै