काठमाडौँ । अस्ट्रेलियाका क्रिकेट खेलाडीको बल टेम्परिङ विवाद पछि श्रीलंकाका क्रिकेट खेलाडी पनि बल टेम्परिङ विवादमा मुछिएका छन् ।
आइसीसीले श्रीलंकाली क्रिकेट टिमका कप्तान दिनेश चान्डिमल, प्रशिक्षक चंदिका हाथुरुसिंघे र टिम व्यवस्थापक असंका गुरुसिंघेलाई चार एकदिवसीय तथा २ टेस्ट क्रिकेटमा प्रतिबन्ध लगाएको छ ।
हालै वेस्टइन्डिज भ्रमणका बेला उनीहरुलाई खेल भावना विपरित बल बिगारेको (टेम्परिङ) गरेको आरोप लगाइएको छ । उनीहरुले खेल भावना विपरीत कार्य गरेको भन्दै स्वतन्त्र न्यायिक समितिका माइकल बोलेफले निलम्बन भएको बताए ।
आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचर्डसनले आईसीसीको आचार संहिताको धारा २ उपधारा ३ एकको उल्लंघन गरेकाले ८ खेलमा प्रतिबन्ध लगाइएको हो । जसअनुसार २ टेस्ट, ४ एकदिवसीय तथा २ टी ट्वान्टी रहेका छन् ।
गएको महिना वेस्टइन्डीज भ्रमणका बेला श्रीलंकाली कप्तान चांडीमलमाथि बल टेम्परिङ गरेको आरोप लागेको थियो । जसको विरोधमा श्रीलंकाली टिम त्यो टेस्टमा २ घन्टा ढिला मैदान उत्रिएको थियो ।
यद्यपि आइसीसीले खेलमा ढिलो आउनु खेलाडीको मात्र गल्ति नभएको, खेल रेफ्रीले खेलको प्रक्रियालाई फलो गर्न नसकेको आइसीसीले जनाएको छ । प्रशिक्षक चंदिका हाथुरुसिंघेले आफ्नो नियमित काम गर्न सक्ने भएपनि खेलका बेला ड्रेसिङरुम र खेल मैदानमा भने उपस्थित हुन् नपाउने बताइएको छ ।