• २०८१ बैशाख १६ आइतबार

युभेन्ट्स पुगेर रोनाल्डोले भने - नयाँ चुनौती स्वीकार गरेर इटाली आएको हु'

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टसमा आधिकारिक रुपमा आफ्नो ट्रान्सफर पुरा गरेका छन् ।

इटालीको टुरिन शहरमा सोमबार दिनभर रोनाल्डोले आफ्नो ट्रान्सफरको प्रक्रिया पुरा गरेका छन् ।  परिवारसहित टुरिन पुगेका रोनाल्डोलाई स्वागत गर्न युभेन्टसका फ्यानहरु एयरपोर्ट देखि नै भिड लागेका थिए ।

रोनाल्डोले क्लब परिसरमा युभेन्टसका फ्यानहरुसँग प्रत्यक्ष भेट गरेका थिए । हजारौ फ्यान रोनाल्डोको नाम लिदै उनलाई स्वागत गरेका थिए । त्यसपछि रोनाल्डोले युभेन्टसमा आफ्नो मेडिकल जाँच गरेका थिए । मेडिकल पछि रोनाल्डोले युभेन्टसका म्यानेजर मासिमिलानो अल्गेरीसंग भेट गरेका थिए ।

युभेन्ट्समा मिडियासँग सक्षात्कार गरेका रोनाल्डोले आफ्नु नयाँ चुनौती स्वकार गरेर नै युभेन्टस आएको बताए । उनले आफ्नो उमेरमा खेलाडीहरु कतार या चीन जाने गरेकोमा आफु युभेन्ट्स जस्तो क्लबमा आएको बताए ।

रोनाल्डोले आफु कहिले पनि कम्फोर्ट जोन' मा नबस्ने भन्दै आफुले युभेन्ट्सका लागि सबै उपाधि जित्ने प्रयास गर्ने बताए । उनले रियल म्याड्रिडका फ्यानहरु आफ्नो हृदयमा रहेको भन्दै नयाँ चुनौतीका लागि आफु इटाली आएको प्रष्ट पारे । शारीरिक रुपमा र मेन्टलरुपमा आफु फिट रहेको भन्दै रोनाल्डोले युभेन्ट्सका लागि पनि आफुले मानिसहरुले सोचेको भन्दा फरक गर्ने बताए ।

रोनाल्डोले युभेन्ट्सको सिरी ए को खेलबाट आफ्नो खेल सुरु गर्ने सोचाई बनाएको भन्दै आगामी जुलाई ३० बाट आफुले प्रशिक्षण थाल्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै