• २०८१ बैशाख १५ शनिबार

 डोल्पामा भिरबाट लडेर वृद्धको मृत्यु

kharibot

 डोल्पा / डोल्पामा एक वृद्धको भिरबाट लडेर मृत्यु भएको छ । कैलाली जिल्ला बर्दिया नगरपालिका– ३ घर भएर डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा मादलको व्यपार व्यवसाय गर्दै आएका ५५ वर्षीय प्रेम वादीको लडेर मृत्यु भएको त्रिपुराकोट प्रहरीचौकीले जनाएको छ । 

बिहान खाना खाएर मादल मोड्न पहाड गाउँतिर जानुभएका उनी  साझसम्म नफर्केपछि असार ३१ गते साँझ ८ बजे खोज्दै जाँदा त्रिपुरासुन्दरी नगरपालिका– ८ मा पर्ने कामीवाडा नजिकै पाल्च खोला नजिकै मृत अवस्थामा भेटिएको एकै डेरामा बस्दै आउनुभएका हरि वादीले बताए । 

प्रहरीचौकीका प्रमुख रोमहर्ष सिजवालले स्थानीय बासिन्दासँगै बस्दै आएका साथीहरुले लडेर मृत्यु भएको बताए पनि घाउचोट केही नदेखिएकाले शव परीक्षणका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको र मृतकका आफन्त कोही नभएको पनि सिजवालले बताए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय