• २०८१ बैशाख १६ आइतबार

रुपन्देहीमा सर्पदंश उपचार केन्द्र निर्माण हुँदै

kharibot

फाइल तस्विर । 

बुटवल / रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण गरिएको छ । सो उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले जानकारी दिए । 

 एक करोड भन्दाबढीको लागतमा निर्माण हुन लागेको उपचार केन्द्रका लागि महायज्ञबाट  ७४ लाख संकलन भएको थियो भने सैेनामैना नगरपालिकाबाट  २० लाख, कञ्चन गाउपालिकबाट  पाँच लाख र गैंडहवा गाउँपालिकाबाट  दुई लाख ५० हजार प्रदान गरिएको थियो । 

रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा विषालु सर्पको डसाइबाट वर्षेनी कयौं व्यक्तिको मृत्यु हुने गरेको र उपचारका लागि बुटवल जानुपर्ने अवस्था यो केन्द्रको निर्माण पछि अन्त्य हुने जानकारी दिँदै नगरप्रमुख चित्रबहादुर कार्कीले नेपाली सेनासँगको समन्वयमा उपचार केन्द्र स्थापना हुन लागेको र सेनासँगको सहकार्यबाट उपचार सेवालाई निरन्तर र दिगो बनाउने बताए । 

“कहिलेकाहीँ एण्टी स्न्याक भेनमको पनि अभाव हुनसक्छ तर सेनासँगको सहकार्यमा त्यस्तो समस्या नआउन सक्छ” उनले भने , “यस केन्द्रमा सर्पदंश सहित अन्य रोगको पनि उपचार गरिने भएकाले स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा समेत पाउन छन्” । 

झण्डै पाँच कठ्ठा जग्गामा स्थापना भएको उपचार केन्द्र पहिलो चरणमा छ श्ययाकोे हुनेछ र त्यसलाई पुनः बढाइँदै लगिने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै