• २०८१ बैशाख १७ सोमबार

साधारण व्यक्तिलाई प्रधानमन्त्रीले आफ्नो ताकत देखाउने बेला भएको छैन – प्रदीप गिरी 

kharibot

काठमाडौ । नेपाली काँग्रेसका सांसद तथा राजनीतिक चिन्तक प्रदीप गिरीले व्यक्तिको स्वतन्त्रता प्रधानमन्त्रीको जत्तिकै बराबरी हुने बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुल प्रसाद कोइराला प्रकरणबारेमा बोलेका छन् ।

सांसद गिरीले उपकुलपति कोइरालाले मानवाधिकार आयोगमा निवेदन दिएको र निवेदनमा केबल मेरो अपमान भयो भन्ने उल्लेख गरेको बताए । यो घटना धेरै साधारण भएको भन्दै गिरी यसमा लोकतन्त्रको परिभाषा अन्तर्निहित रहेको बताए ।

सांसद गिरीले लोकतन्त्र यस्तो व्यवस्थाको जसमा जनतासँग सरकार डराउछ तर तानाशाही व्यवस्था यस्तो व्यवस्था हो जसमा सरकारसँग जनता डराउने बताए ।

विदेश जना हिडेका कोइरालालाई प्रधानमन्त्रीले भेट्न खोजेको भनेर बोलाएर लगियो र प्रधानमन्त्री व्यस्त हुनुहुन्छ भन्दै अपमानित ढंगले फर्काइएको सांसद गिरीले बताए । 

हामी सांसदहरु पार्टीका सांसद मात्र होइनौ भन्दै सांसद गिरीले हामी देशको सांसद भएको बताए । सरकार जनतासँग डराउछ या जनता सरकारसँग डराउछ भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए । 

सांसद गिरीले जनता तर्सिदैनन् भन्दै अहिले प्रधानमन्त्रीको तर्साउने बेला नभएको बताए । प्रधानमन्त्री ओली दक्षिण एशियाकै शक्तिशाली प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्रीले अहिले गरिमा देखाउने बेला भएको बताए । अहिले प्रधानमन्त्री ओलीको आकांक्षा अहिले निस्वार्थ नदेखिएको भन्दै उनले कुल प्रसाद कोइराला जस्तो साधारण व्यक्तिलाई आफ्नो ताकत देखाउने बेला यो नभएको बताए ।

बिना कुनै आरोप कुनै पनि व्यक्तिलाई अपमानित गर्न नपाइने भन्दै गिरीले विगतमा हामीसबैले भागबन्डा गरेको र अहिले प्रधानमन्त्रीले कांग्रेसका सबैलाई हटाउने अभियान चलाएको हो भने यो आपत्तिजनक रहेको बताए ।

सांसद गिरीले कुनै पनि व्यक्तिको स्वतन्त्रता प्रजातन्त्रमा प्रधानमन्त्रीको जत्तिकै बराबरीको हुने भन्दै एक संसदको भोटले सांसद विजयी हुने बताए । सांसद गिरीले प्रधानमन्त्रीले कोइरालासँग व्यक्तिगतरुपमा फोन गरेर भए पनि सो घटनाप्रति दुख व्यक्त गर्नु पर्ने माग गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै