• २०८१ बैशाख १४ शुक्रबार

विवादका बीच मिथुनका छोरा मिमोह र मदलसाको विवाह सम्पन्न  

kharibot

मुम्बई । बलिवुड अभिनेता मिथुनका छोरा मिमोहले अन्तत विवाह गरेका छन् । 

बलात्कार र धोखाधडीको आरोप लागेपछि ७ जुलाईमा हुने भनिए विवाह रद्ध भएपछि मिमोह र मदलासा शर्मावीच मंगलबार विवाह सम्पन्न भएको छ । फिल्मफेयरका अनुसार विवाह एक गोप्य पारिवारिक जमघटका बीच सम्पन्न भएको छ ।

यसअघि मिमोह र मिथुनकी पत्नी योगिता बालीलाई बलत्कार र धोकाधडीको मामलामा अदालतले अग्रिम जमानत दिएको थियो । 

मिमोहले एक भोजपुर अभिनेत्रीलाई विवाह गर्ने प्रलोभन देखाएर करिब ४ बर्षसम्म यौन शोषण गरेको आरोप लगाउदै अदालत गएपछि  ७ जुलाईमा मिमोह र मदलसाको विवाह रोकिएको थियो । परिवार विवाहको तयारीमा जुटीरहेको स्थानमा प्रहरी पुगेपछि विवाह स्थगित भएको थियो ।

मिमोहविरुद्ध मुद्धा दायर गरेकी अभिनेत्रीले आफुलाई धोका दिएको र आफु गर्भवती भएको बेला मिमोहले औषधि दिएर गर्भपात गराएको आरोप लगाएकी छन् ।

अभिनेता मिथुनका तीन छोरा र एक छोरी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै