• २०८१ बैशाख १४ शुक्रबार

पाउलिन्हो बार्सिलोनाबाट लोनमा चाइनिज क्लब गोन्जाउ गए  

kharibot

काठमाडौँ । बार्सिलोनाबाट खेल्ने ब्राजिलका मिडफिल्डर पाउलिन्हो चाइनिज क्लब गोन्जाउ एभरग्रान्डमा खेल्ने भएका छन् ।

बार्सिलोनाबाट पाउलिन्हो एक सिजनका लागि लोनमा चाइनिज क्लब गोन्जाउमा जाने भएको बार्सिलोनाले जनाएको छ । गोन्जाउले पाउलिन्होलाई ४० मिलियन युरो तिरेर एक सिजनका लागि लागेको हो । यद्यपी यस डिलमा उनलाई गोन्जाउले किन्न सक्ने शर्त पनि समावेश गरिएको उल्लेख गरिएको छ ।

२०१७ अगस्त २६ मा बार्सिलोनाका लागि देभ्यु गरेका पाउलिन्होले बार्सिलोनाका लागि यस सिजनमा ४९ खेल खेल्दै ९ गोल गरेका छन् ।

पाउलिन्हो यस अघि गोन्जाउबाट नै बार्सिलोना आएका थिए । उनी यसअघि २०१५, २०१६ र २०१७ मा गोन्जाउबाट खेलेका थिए ।

उनी ब्राजिलको विश्वकप टोलीका महत्वपूर्ण सदस्य थिए । ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएपछि घर फर्कीसकेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै