• २०८१ बैशाख १७ सोमबार

यी हुन् सुपरस्टार खेलाडी तर यस विश्वकपमा फ्लप  

kharibot

काठमाडौँ । विश्वकप फुटबल अब आफ्नो अन्तिम चरणमा रहेको छ । ३२ देश सहभागी फुटबलको यस महाकुम्भमा अब ४ देश बचेका छन् । फ्रान्स र बेल्जियम तथा क्रोसिया र इङल्याण्ड सेमिफाइनलमा मगंलबार र बुधबार प्रतिष्पर्धा गर्दै छन् ।

यस्तै विश्वकप फुटबलमा क्लब खेलमा होस् या देशका लागि खेल्दा होस् आफ्नो उत्कृष्ट प्रदर्शनको छबि बनाएका या उत्कृष्ट केहि खेलाडीहरु यस विश्वकपमा फ्लप हुन् पुगे । यस रिपोर्टमा हामि त्यस्ता फ्लप केहि खेलाडीको बारेमा चर्चा गर्दै छौ ।

यस सुचिमा सबै भन्दा पहिलो नाम स्पेनका गोल किपर डेभिड डी गाको आउछ । म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने डी गा अहिलेका विश्वकै उत्कृष्ट गोल किपर हुन् तर उनको प्रदर्शन यस विश्वकपमा राम्रो हुन् सकेन । स्पेन विश्वकपको अन्तिम १६ बाट आउट हुनुमा डी गा को भूमिका पनि प्रमुख रह्यो । विश्वकपको पहिलो पोर्चुगलविरुद्धको खेलमा रोनाल्डोले हानेको बल डी गाको हातमा बाउन्स भएर गोल पोष्टमा छिरेको थियो । डी गा जस्ता उत्कृष्ट किपरबाट त्यस्तो बल समातिने आशा गरिन्छ तर उनको कमजोर प्रदर्शनले स्पेनले अंक बाड्न बाध्य भएको थियो । खैर यसले त स्पेनलाई समुह चरणमा खासै असर गरेन तर अन्तिम १६ को खेलमा आयोजक रसियाविरुद्ध पनि डी गा को प्रदर्शन कमजोर रह्यो ।

यस सुचिमा दोस्रो नाम जर्मनीका थोमस मुलरको आउछ । उनी विश्वकपमा १० गोल गरिसकेका खेलाडी हुन् । तर यस विश्वकपमा उनले जर्मनीलाई बचाउन सकेनन् । समुह चरणबाट बाहिरिएको जर्मनीका तीन खेलमा मुलरको कुनै प्रभाव देखिएन । उनी यस विश्वकपमा सुपर फ्लप रहे । जर्मनीका लागि हालसम्म ९४ खेलमा ३८ गोल गरेका मुलर फ्लप रहदा डिफेन्डिङ च्याम्पियन जर्मनी समुह चरणबाटै बाहिरिन पुग्यो । मुलर पछिल्लो दुई बर्षदेखी नै गोल गर्न संघर्ष गरिरहेका छन् । २०१७ र २०१८ मा उनले जर्मनीका लागि खेलेका ११ खेलमा केबल २ गोल मात्र गरेका छन् ।

यस सुचिमा तेस्रो नाम हो पोल्याण्डका रोबर्ट लेवानडोस्की । बायर्न म्युनिखका स्ट्राइकर लेवानडोस्की पनि यस विश्वकपमा फ्लप रहे । पोल्याण्ड समुह चरणबाटै बाहिरिदा उनले केहि गर्न सकेनन् । समुह चरणका तीन खेलमा नै पराजित हुदै पोल्याण्ड यस विश्वकपबाट बाहिरिने पहिलो युरोपियन देश बन्यो । विश्वकप छनौट चरणमा १६ गोल गर्दै युरोपका उच्च गोल कर्ता रहेका लेवानडोस्कीको विश्वकपको फ्लप शोले पोल्याण्ड घर फर्किनु पर्यो । उनलाई क्रिस्टियानो रोनाल्डो, ल्योनेल मेसी, रोमेलु लुककु, एडिनसन कभानी जस्ता खेलाडीसँग तुलना गर्दै यस विश्वकपमा धेरै आशा गरिएका खेलाडी मध्ये एकको रुपमा हेरिएको थियो । तर उनको खराब प्रदर्शनले त्यो आशा निराशामा परिणत भयो ।

यस सुचीमा अर्को नाम ब्राजिलका नेइमारको रहेको छ । नेइमार विश्व फुटबलमा अहिलेको ठुलो नाम हो तर यस विश्वकपमा उनको व्यवहार र प्रदर्शनले उनी र उनका फ्यानलाई निराश बनाएको छ । ब्राजिल विश्वकपबाट बाहिरिदा सबैभन्दा बढी आलोचना नेइमारको भएको छ । विश्वकपका खेलम उनी लडेको विषयले निकै चर्चा पाएको थियो । आफ्नो क्वाटरफाइनल खेलमा बेल्जियमसँग हारेको ब्राजिललाई बचाउन नेइमारले केहि गर्न सकेनन् । २ गोल गरेपनि यस विश्वकपमा नेइमारलाई उनको खेल भन्दा पनि उनको विपक्षी खेलाडीले छुना साथ् पल्टी हाल्ने व्यवहारका लागि बर्षौ सम्झिने छन् ।

यस सुचिमा अर्को नाम हो अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनेल मेसी । मेसी अहिलेका विश्वकै उत्कृष्ट खेलाडी हुन् । मेसिकै प्रदर्शनका कारण अर्जेन्टिना विश्वकप खेल्न रसिया पुगेको थियो । तर रसियामा मेसीको लय उनको क्षमता अनुसार देखिएन । जसको मुल्य अर्जेन्टिनाले चुकाउनु पर्यो । क्रोसियासँग ३-० को लज्जास्पद हार र अन्तिम १६ को खेलमा फ्रान्ससँगको ४-३ को हारका मेसी साक्षी बने तर ति हारलाई बचाउन केहि गर्न सकेनन् । मेसीले यस विशवकपमा नाइजेरियाविरुद्ध उत्कृष्ट खेल देखाए । उनले एक गोल मात्र गरेनन् समुह चरणमा अर्जेन्टिनालाई जिताएर महत्वपूर्ण ३ अंक हासिल गरेका थिए । तर मेसी जस्तो उत्कृष्ट खेलाडीले अर्जेन्टिनाका लागि विश्वकप जितोस भन्ने संसारभरका उनका शुभचिन्तकको चाहनालाई मेसीले यस विश्वकपमा पनि पुरा गर्न सकेनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै