बलिवुड अभिनेत्री सोनाली बेन्द्रे क्यान्सरबाट पिडित, आफैले गरिन् खुलासा
खरीबोट
२०७५ असार २० बुधबार
काठमाडौं । बलिवुड अभिनेत्री सोनाली बेन्द्रेले आफुलाई क्यान्सर भएको खुलासा गरेकी छन् ।
सामाजिक संजालमा एक संदेश पोष्ट गर्दै बेन्द्रेले आफु क्यान्सरबाट पिडित भएको र हाल उपचारको क्रममा अमेरिकाको न्युयोर्कमा रहेको जानकारी दिएकी छन् । अभिनेत्री बेन्द्रेले आफुलाई भएको क्यान्सर ‘हाइ ग्रेड’ क्यान्सर रहेको खुलासा गरेकी छन् ।
उनले आफ्नो सन्देशमा आफु यस लडाई लड्न तयार रहेको भन्दै आफु नजिक रहेका सबैले गरेको सहयोगले आफुलाई थप हौसला मिलेको उल्लेख गरेकी छन् ।
हाल बलिवुडमा त्यति सक्रिय नभएपनि उनी विभिन्न रियालिटी शो र अन्य क्रममा भने व्यस्त थिइन् ।
सोनालीले बलिवुडमा हम साथ साथ है, सर्फरोस, मेजर साहब जस्ता फिल्ममा अभिनय गरेकी छन् ।