• २०८१ बैशाख १५ शनिबार

पूर्वप्रेमी साजिदको फिल्म अफर ज्याक्लिनद्वारा अस्विकार 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री ज्याक्लिन फर्नान्डिसले आफ्ना पुर्वप्रेमी साजिद खानको अफर अस्विकार गरेकी छन् । 

फिल्मफेयरका अनुसार साजिदले उनको आगामी फिल्म हाउसफुल-४ का लागि एक आइटम गितमा डान्स गर्न ज्याक्लिनलाई गरेको अफर अस्विकार गरेको उल्लेख गरेको छ । 

ज्याक्लिनले सन् २०१० मा साजिदको फिल्म हाउसफुलमा आइटम डान्सबाट चर्चित भएकी थिइन् । तर अहिले भने ज्याक्लिन बलिउडमा सफल अभिनेत्री मध्ये एक हुन् ।

ज्याक्लिनको बलिवुडमा सुरुवाती समयमा साजिदसँग अफ्येर्समा थिइन् । करिब तीन बर्ष चलेको अफ्येर्सपछि उनीहरु छुट्टिएका थिए । ज्याक्लिन अहिले बलिउडका सुपरस्टार सलमान खानसँग नजिक छिन् ।

ज्याक्लिनले हाउसफुल-२, हाउसफुल-३ मा अभिनय पनि गरेकी थिइन् तर हाउसफुल-४ मा भने उनी अब नदेखिने भएकी छन् ।

ज्याक्लिनले हाउसफुल सिरिज बाहेक सलमानसँग किक, रेस-३ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय