• २०८१ बैशाख १८ मंगलबार

सामुदायिक लघुबित्तका अध्यक्षसहित चार व्यक्ति पक्राउ, कर्जा प्रवाहमा अनियमितता गरेको आरोप  

kharibot

काठमाडौं । काभ्रेको सागाँमा केन्द्रिय कार्यालय रहेको सामुदायिक लघुबित्त बित्तीय संस्थाका अध्यक्ष हिरा बिश्वकर्मा सहितका चार व्यक्तिहरु पक्राउ  परेकाछन् । 

केन्द्रिंय अनुसान्धन व्युरो (सिआईबी) का अनुसार बैकिङ कसुरको अभियोगमा उनीहरुलाई फरक फरक ठाउँबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

पक्राउ परेका अभियुक्तहरुले दुई करोड ५० लाख रुपैयाँ हिनामिना प्रारम्भिक अनुसन्धानबाट  खुलेको छ । सिआईबीका अनुसार सामुुदायिक लघुबित्तको संचालक समिती र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा नियम बिपरीत निर्णय गराई रकम प्रबाह गरी  वित्तिय संस्थालाई दुई करोड ५० लाख भन्दा बढी हानी नोक्सानी पुर्याएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । 

पक्राउ परेकासबै अभियुक्तहरुलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भईरेहेको सिआईबीले जनाएको छ । 

सिआईबीका अनुसार पक्राउ पर्नेहरुमा जिल्ला पाल्पा, तानसेन नगरपालिका, वडा नं. ४ भइ हाल टोखा न.पा. वडा नं. ९ गोंगवु बस्ने वर्ष ५७ को हिरा बिश्वकर्मा (संचालक समितीको अध्यक्ष), काठमाण्डौं, का.म.न.पा. वडा नं. २२ खिचापोखरी बस्ने वर्ष ६५ की चण्डेश्वरी प्रधान (संचालक समितीको सदस्य), जिल्ला ललितपुर, गोदावारी न.पा. वडा नं. १२ ठेचो बस्ने वर्ष ५१ को बटुकृष्ण कार्की (संचालक समितीको सदस्य) र ललितपुर उ.म.न.पा १४ खुमलटार बस्ने बर्ष ६५ को स्वयम्भु राम जोशी (तत्कालीन प्रमुख कार्यकारी अधिकृत) रहेकाछन् । 

प्रारम्भिक अनुसन्धान अनुसार तत्कालीन प्रमुख कार्यकारी जोशी को आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्बिकृत बिना मिलोमेतोमा बिश्वास अर्थात (गुडवील) को रुपमा भनि दुई करोड ५० लाख रुपैयाँ कर्जा दिएका थिज । प्रमुख कार्यकारी जोशीले राष्ट बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षक मा  आफु खुसी सात लाख ४४ हजार भन्दा बढि भुक्तानी लिएको पनि अनुसन्धानबाट खुलेको छ ।

यसैगरी निर्धारित हद भन्दा बढी संस्थाको शेयर धारण गरेको ब्यक्ति जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलिमेतोमा संचालक समितीले प्रमुख कार्यकारीको पदमा नियुक्ति गरी अनियमिताको श्रृखला शुरु गरेको र संस्थाले आर्थिक कारोबार गर्दा  अपारदर्शी ढंगले कारोबार गर्ने गरेको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआईबीले जानकारी दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय