• २०८१ बैशाख १७ सोमबार

समुह 'बि' बाट को पुग्ला दोस्रो चरणमा ? स्पेन, पोर्चुगल र इरानको टक्कर

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आजदेखि समुह चरणका अन्तिम खेल सुरु हुदै छन् । आज नेपाली समय अनुसार ११:४५ मा समुह बि का दुई खेल हुदैछन् ।

यस समुहबाट दोस्रो चरणमा जाने टिमको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ । अन्तिम खेलमा पोर्चुगलले इरानको सामना गर्दै छ भने स्पेनले मोरक्कोको सामना गर्दै छ । यस समुहमा पहिलो र दोस्रो हुने टिमले समुह ए बात दोस्रो चरणमा पुगिसकेका रसिया र उरुग्वे को सामना गर्ने छन् ।

यस समुहबाट मोरक्को बाहिरीइसकेको छ भने स्पेन र पोर्चुगल ४-४ अंक र इरानको ३ अंक रहेको छ । 

पोर्चुगल र इरान :

पोर्चुगलले यस विश्वकपमा पहिलो खेलमा स्पेनसँग ३-३ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा मोरक्कोलाइ १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै इरानले पहिलो खेलमा मोरक्कोलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १-० ले हार बेहोरेको थियो । 

टिमको तुलना गर्दा इरानभन्दा पोर्चुगल बलियो टिम मानिन्छ तर स्पेन जस्तो बलियो टिमसँग इरान केबल १-० गोल अन्तरले पराजित भएकाले पोर्चुगलले सजिलै जित्छ भन्नु मुर्खता हुने छ । यस विश्वकपमा उत्कृष्ट फर्ममा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको प्रदर्शनमा नै पोर्चुगलको टिम निर्भर रहेको देखिन्छ । २ खेलमा पोर्चुगलले गरेका कुल ४ गोल रोनाल्डो एक्लैले गरेका छन् ।

त्यस्तै इरानभने पहिलो खेलमा मोरक्कोको आत्मघाती गोलको मद्धतले जित हासिल गरेको थियो भने अझै आफ्ना खेलाडीबाट गोलको खोजीमा रहेको छ । इरानका लागि दोस्रो चरणमा पुग्न यो खेल जित्नै पर्छ भने पोर्चुगलले बराबरी खेले मात्र पनि दोस्रो चरणमा पुग्ने देखिन्छ ।

पोर्चुगल र इरानबीच यस अघि दुई खेल भएका छन्, जसमा दुवै खेलमा पोर्चुगल विजयी भएको छ । विश्वकपमा भने सन् २००६ मा पोर्चुगलले इरानलाइ २-० ले पराजित गरेको थियो । 

स्पेन र मोरक्को : 

तुलनात्मक रुपमा स्पेन बलियो भएपनि पोर्चुगलसँग ३-३ को बराबरी तथा इरानसँग केबल १-० को झिनो जितले स्पेनको प्रदर्शनमाथि प्रश्न उठेको छ । 

खेलाडीको प्रोफाइल अनुसार नतिजा नआएपनि स्पेनले मोरक्कोलाई पराजित गरेर दोस्रो चरणमा पुग्ने अनुमान गर्न सकिन्छ । विश्वकपको मुखैमा म्यानेजर विवादमा परेको स्पेन सो विवादबाट विस्तारै निस्केर खेलमा फोकस गर्न थालेको देखिएको छ । २०१० को विश्वकप विजेता टिममा डिएगो कोष्टाले २ खेलमा ३ गोल गरेका छन् भने स्पेनका लागि एक गोल नाचोले गरेका छन् ।

मोरक्को भने विश्वकपबाट बाहिरिइसकेकाले यो खेल औपचारिकताका लागि मात्र खेल्दै छ । मोरक्कोले पहिलो खेल इरानसँग र दोस्रो खेल पोर्चुगलसँग हारेको थियो ।

यी दुई देश बीच यस अघि दुइ पटक त्यो पनि स्ना १९६२ को विश्वकप छनौटमा भेट भएको छ । होम र अवे गरि दुई खेलमा दुवैमा स्पेन विजयी भएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै