• २०८१ बैशाख १४ शुक्रबार

तरुण दलले असार १३ गते रत्नपार्कमा सरकारविरुद्ध प्रदर्शन गर्ने

kharibot

काठमाडौँ । नेपाल तरुण दलले सरकारको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

सरकारले गरेका गलत निर्णयका बिरोधमा असार १३ गते दिउँसो २ बजे राजधानीको रत्नपार्कमा भन्डाफोर कार्यक्रम गर्ने तरुण दलले जानकारी दिएको छ । 

तरुण दलका महामन्त्री भुपेन्द्र जंग शाहीका अनुसार कार्यक्रममा तरुण नेताहरुको विशेष सम्बोधनसँगै चर्चित कलाकार, कवि, साहित्यकार, पत्रकार र नागरिक समाजको पनि उपस्थिति रहने छ ।

केन्द्रिय समितिको निर्णय अनुसार देसैभरी प्रशिक्षणको महाअभियान भर्खरै सम्पन्न गरेको  नेपाल तरुण दलले  संगठन लाई थप मज्बुत र ससक्त बनाउन तरुण दलले विभिन्न कार्यक्रम र अभियान हरु संचालन गर्दै जाने क्रममा असार १३ गते  सरकारले गरेको मुल्यबृद्दि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्षेप, सरकारको निरङ्कुस चरित्र, ओली सरकारको गलत कृयाकलाप र रबैयाको भणडाफोर गर्न  देसैभरी बिरोध सभा (मुख्य चोकमा कोण सभा) गर्न लागेको महामन्त्री शाहीले जानकारी दिए ।

"युबा संवाद नागरिक सद्भाव" अभियान अन्तर्गत सरकारले गरेको मुल्यबृद्दि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्षेप, सरकारको निरङ्कुस चरित्र, ओली सरकारको गलत रबैयाको भणडाफोर गर्न  देशैभर बिरोध सभा (मुख्य चोकमा कोण सभा आयोजना गर्ने) तरुण महामन्त्री शाहीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै