रुकुमको बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

खरीबोट

रुकुम / रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । 

सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन, रुकुम पश्चिम बाँफीकोट गाउँपालिका–५ का २० वर्षीय दीपक देवकोटा, रुकुम पूर्व सिस्ने–५ का ४० वर्षीय अमर थापा र सोही ठाउँकी ५५ वर्षीया पुतला ऐरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परेर घाइते हुनेमा रुकुम पूर्व सिस्ने–५ की ५१ वर्षीया सुधाकुमारी शर्मा, सोही ठाउँका २३ वर्षीय नारायण गौतम, बाँके डुडुवा–५ का ३० वर्षीय अजित ऐरी र अन्य दुईजनाको नाम ठेगाना नखुलेको निरीक्षक दिवाकर रिजालले जानकारी दिए । 

घाइतेमध्ये समुद्रा, दिलीप, अम्मर, सुधाकुमारी अजित र नाम ठेगाना नखुलेका दुईजनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उननीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइते सबैको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ । 

तीव्र गतिका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । गाडी चालक दाङ, तुल्सीपुर–११, तरीगाउँका चूडामणि विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए । घाइतेलाई नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । 
 

सम्बन्धित समाचार

भक्तपुरमा स्कूल बस दुर्घटनामा ६५ विद्यार्थी घाइते (अपडेट)

भक्तपुर  । काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते

भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते

भक्तपुर  । भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् । दुर्घटनामा परेको स्कुल बस क्रिश्चियन कम्युनिटी स्कुलको भएको प्रहरीले जनाएको छ ।  बस मुलपानीबाट  बा २ क

रुकुममा भएको जीप दुर्घटनामा ७ जनाले ज्यान गुमाए, ६ जनाको सनाखत 

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा जीप दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् ।  ज्यान गुमाएका ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै

पश्चिम रुकुममा बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् ।  मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको