• २०८१ बैशाख २७ बिहीबार

पोखरामा तरुण दलको विरोध

kharibot

पोखरा / नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध ¥याली निकालेको छ । 

पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको ¥याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरे । 

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढेको भन्दै उनले सरकार निरंकुश बन्दै गएको आरोप लगाए । कोणसभामा नेपाल तरुण दल क्षेत्र नं २ का सभापति डिआर भट्टराई, नेपाल तरुण दल पर्वतका अध्यक्ष राजु मल्ल, तरुण दलका पूर्वनगरसभापति सुरजजंग राणालगायतले मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै