• २०८१ बैशाख १७ सोमबार

ट्रम्पद्वारा जेल परेका प्रवासीलाई बच्चासँग अलग नगर्ने सम्बन्धि आदेश जारी 

kharibot

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवासीहरुलाई उनीहरुका बालबच्चासँग अलग नगर्ने एक आदेशमा हस्ताक्षर गरेका छन् ।

कैयौ मुलुकबाट अमेरिका गैरकानुनी तरिकाले छिर्ने प्रवासीहरुलाई अमेरिकाले पक्राउ गरेर आफ्ना बालबालिकासँग समेत भेट्न नदिएकोमा कडा आलोचना भएपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेशमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पको आदेशमा त्यस्ता प्रवासी माता पितालाई उनीहरुको बच्चासँग अक्ति समयका लागि अलग राखिन्छ या सँगै बस्न दिइन्छ भन्ने बारेमा प्रष्ट नभएपनि आदेशमा यदि माता पितालाई हिरासतमा लिदा बच्चामा गलत प्रभाव देखिने भयो भने बच्चालाई अलग्गै राखिने भने उल्लेख गरिएको बिबिसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्ना माता पितासँग अलग भएका बच्चाको तस्बीर देखेर आफ्नो मन बदलिएको र यस्तो आदेश जारी गरेको बताएका छन् । यस अघि ट्रम्प प्रवासीहरुलाई कडा गर्ने नीतिमा अडिग रहेका थिए । मिडिया रिपोर्टका अनुसार प्रथम महिला मेलनिया ट्रम्प र राष्ट्रपति ट्रम्पको छोरी इवान्का ट्रम्पको दबाबमा राष्ट्रपतिले यो आदेश गारी गरेको बताइएको छ ।

प्रवासी सम्बन्धि विवादित कानुनका अनुसार अमेरिकी सिमामा अवैध तरिकाले घुस्नेलाई अपराधिक मामिलामा जेलमा हाल्ने व्यवस्था रहेको छ । यस कानुन अनुसार पक्राउ परेकालाई उनका बच्चासँग भेट्न समेत नदिने व्यवस्था रहेको छ । त्यस्ता बच्चालाई अमेरिकाको स्वास्थ्य विभागले हेरविचार गर्ने गरेको थियो ।

अमेरिकामा यस प्रकरणको विरोध जब सुरु भयो तब जन्जिर लागेको ढोकाको पछाडि केहि बच्चाहरुको तस्बीर मिडियामा आयो । यस्ता तस्बिरलाई देखेर यी केन्द्रहरुको तुलना नाजीको यातना शिविरसँग गर्न थालिएको थियो ।  मिडियामा आएका आँकडा अनुसार मे महिनामा मात्र करिब २४ सय बच्चालाई उनीहरुका माता पिताबाट अलग गरिएको थियो ।

यसै प्रसंगलाई लिएर संयुक्त राष्ट्रसंघको मानवाधिकार परिषदले अमेरिकाको आलोचना गरेको थियो । यहि आलोचनाका कारण अमेरिकाले मंगलबार मात्र सो परिषदबाट अलग्गिने घोषणा गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै