• २०८१ बैशाख १५ शनिबार

राजपाको महाधिवेशन अर्को बर्ष,  एक बर्षमा महाधिवेशन गर्न नसकेपछि विधान संशोधन 

kharibot

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीको विधान संशोधन गर्दै एक वर्षभित्र महाधिवेशन गर्ने प्रावधान हटाउने भएको छ ।

राजपा निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुरा हुनै लाग्दा निर्वाचन आयोगले असारभित्र महाधिवेशन गर्न पत्र काटेपछि राजपाले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको हो । अब पार्टीको महाधिवेशन भने २०७६ साल वैशाख ७, ८ र ९ मा गर्ने निर्णय पनि गरेको छ ।

अहिलेसम्म महाधिवेशनको कुनै तयारी नथालेको राजपाले आयोगले तोकेको समयभित्र महाधिवेशन गर्न नसक्ने निष्कर्ष निकाल्दै विधान संशोधन गरेको हो ।

बुधबार बसेको राजपाको राजनीतिक समितिको बैठकले विधान संशोधन गरी आयोगलाई पत्राचार गर्ने निर्णय गरेको नेता मनिष सुमनले जानकारी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय