• २०८१ बैशाख १७ सोमबार

गर्मीमा तरबुजासँगै यसको बिउ पनि खानुस, यस्ता छन् फाइदा 

kharibot

काठमाडौँ । अहिले गर्मीको मौसम छ । गर्मीमा विभिन्न किसिमका फलफुल जस्तै आप, केरा, स्याउ, तरबुजाजस्ता फलफुल हामीले खाइरहेका हुन्छौ ।

अत्यधिक गर्मीमा तरबुजा खानु फाइदा जनक मानिन्छ । तरबुजामा एक बिउपनि हुने गर्दछ जुन हामीले प्रायजसो फाल्ने गर्दछौ । तर तरबुजामा पाइने सो बिउपनि हाम्रो लागि निकै फाइदाजनक हुने गर्दछ ।

तरबुजाको बिउमा माइक्रो न्युट्रीयट्स, आइरन, जिनक, प्रोटिन र फाइबर पाइने गर्दछ । यदि हामि मध्ये कसैलाई तरबुजा खादा यी बिउ खान मन पर्दैन भने यसलाई अलग्गै राखेर पछि भुटेर स्न्याकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

खासगरी डायबिटीजका बिरामीलाई तरबुजाको बिउ कुनै बरदान भन्दा कम मानिदैन । यसले डायबिटीज कम गर्न निकै मद्धत गर्दछ ।

साथै तरबुजाको बिउले मुटुसम्बन्धि रोग भएकाहरुका लागि मणि निकै मद्धतगार हुन् सक्दछ । यसमा हुने मोनु सेचुरेटीड फ्याट, र पोली अनसेचुरेटिड फ्याट एसिड पाइने गर्दछ जसले हृदयघात हुने सम्भावनालाई कम गर्दछ । साथै यसले हाम्रो शरीरमा भएको केलोस्ट्रोललाई कम गर्न पनि सहयोगी हुन्छ । तरबुजा वजन घटाउन पनि सहयोगी हुन् सक्दछ । यसमा निकै कम क्यालोरी हुने हुदा वजन बढी भएकाहरुले सेवन गर्दा फाइदाजनक हुन् जान्छ ।

साथै तरबुजामा ९० प्रतिशतसम्म पानी हुने र पर्याप्त रेशा हुनाले हाम्रो पाचन प्रणाली राम्रो राख्न यसले मदत पुर्याउँनुका साथै यसले कब्जियत र अपच हुने जस्ता समस्याहरु रोक्न मद्धत गर्छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै