• २०८१ बैशाख १४ शुक्रबार

प्रहरीलाई २ हजार नगद नदिए पछि सामान भन्सार चलान गरिएको आरोप

kharibot

बर्दिया,(गुलरिया) । बर्दियाको सिमामा पर्ने भारतिय बलैगाउँ बजारबाट घरका लागि दैनिक उपभोग्यका सामान ल्याउदा प्रहरीलाई रकम नबुझाउदा प्रहरीले सामान भन्सार बुझाएको महिलाहरुले आरोप लगाएका छन । 

भारतिय बजार बलैगाउँबाट केहि भए पनि सस्तो पाउने आसमा पाचँ महिलाहरु घराइसि सामान लिनका लागि सोमवार दिइसो को समयमा गएका थिए । जादा सो स्थानमा कोहि नदेखिए पछि बलैगाउँ बजारबाट सामान लिएर आउदा भने प्रहरी भेटे । 

ती पाँच महिलाले प्रहरीलाई यी सामानहरु सबै गरेर १२ हजार रकम बराबरको घराइसी सामान भएको बताए तर प्रहरीले जे सुकै सामान भय पनि २ हजार रकम दिएर सामान लिएर जान भने अन्यथा सबै सामान समेत जफत गर्ने भने पछि ती महिलाहरुले घरका लागि सामान ल्याउनै नपाउने हो र भने पनि प्रहरीले २ हजार रकम नदिए सामान लैजान नदिने र सामान भन्सार पठाइदिने भने पछि ती महिलाहरुले आफुहरुले सबै पैसाको सामान किनेकाले आफु सँग पैसा नभएको बताए पनि पैसा नदिए पछि सबै सामान ती प्रहरीले कालिका चौकीमा लगेको र सामान दिन्छन की भन्ने आसमा आफुहरु रातिको १०.३० बजे सम्म प्रहरी चौकीमा बसे तर सामान नपाउने देखे पछि आफुहरु घर तिर गएको बताए । सामान प्रहरीले भन्सार कार्यालय बुझाएको छ ।

गुलरिया नगरपालिका ४ काल ती पाचँ मध्य की एक महिलाले भनिन, बलैंगाउँ बजारबाट सामानहरु की ल्याउन दिनै हुदैन र ल्याउन नदिए हामि जादै जादैनौ नी । ल्याउन दिन्छ भनेर नै घरका लागी थोरै भए पनि सामान लिएर आएको त प्रहरीले सामान ल्याउन नपाउने भनेको र लैजाने भए रकम लिनु पर्ने जस्ता कुराले आफुहरु अचम्मित रहेको बताइन ।

ल्याउनै नपाइने भए सधै भरिका लागि ल्याउनै नपाउनु पर्ने र सो स्थानबाट सामान ल्याउन बन्द गर्नु पर्ने समेत उनले भनिन ।

यसै बिषयमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्का भने प्रहरीले पैसा मागेको कुरा साचो नभएको बताए । सामान पक्राउ परे पछि प्रहरी माथि आरोप लगाएको मात्र रहेको  उनले भने । साथै भारतिय नाकाबाट कुनै सामानहरु पनि बिना भन्सार ल्याइएको पाइएमा सामानलाई जफत गरि भन्सार बुझाइने समेत खड्काले बताए ।

भारतिय सिमा पारिबाट सामानहरु ल्याउदा प्रहरीले पैसा लिएर सामानहरु छोडेको पाईएमा कारबाहि हुने समेत खड्काले भने ।

बिगत केहि समय देखि यस क्षेत्रबाट सामानहरु बिना भन्सार बर्दिया भित्रिने गरेको र यस भारतिय बजारमा सामानहरु लिनमा लागी कोहलपुर, सुर्खेत, बाँसगडि, भुरीगाउँमा ठुला ठुला व्यापारिहरु समेत आएर बिना भन्सार सामानहरु लिएर जाने गरेको स्थानीयले बताए ।  भन्सार कार्यालय समेत नरहेको यस क्षेत्र बढैयाताल गाउँपालिकामा भारतिय बजारबाट धेरै सामाग्रीहरु आउने गरेकाले भन्सार कार्यालयको आवश्यक्ता रहेको समेत स्थानीयले बताएका छन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै