• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा नौं अंकको गिरावट : २० करोड ८४ लाखको सेयर किनबेच

kharibot

काठमाडौं । अघिल्लो दिन सामान्य अंंकले बढेको नेप्से आज मंगलबार पुन घटेको छ ।

नेप्से आज आठ दसमलव ९७ अंकले घटेर १२ सय २६ दसमलव १८ बिन्दुमा झर्दा सेन्सिटिभ एक दसमलव ७१ अंकले घटेर दुई सय ५७ दसमलव ४२ बिन्दुमा झरेको छ । एक सय ५७ वटा कम्पनीहरुको तीन हजार १४ वटा कारोवारमा पाँच लाख ८७ हजार पाँच सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिेमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २० करोड ८४ लाख ८६ हजार एक सय ५५ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा सबै सुचक घटेर नेप्से रातै भएको छ । बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव ८६ अंकले घटेर एक हजार ३५ दसमलव ३० बिन्दुमा झर्दा ११ करोड १३ लाख ५० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बिकास बैक समुहको सुचक पनि आज १४ दसमलव ४८ अंकले घटेर १४ सय २६ दसमलव २४ बिन्दुमा झर्दा ५५ लाख ६२ हजार ८० रुपयाँको सेयर खरिद बिक्री भएको छ । 

जलबिद्युत समुहको सुचकपनि दुई दसमलव ६२ अंकले घटेर १५ सय ३० दसमलव ८३ बिन्दुमा झरेकोमा एक करोड १४ लाख ६७ हजार रुपैयाँको सेयर  खरिद बिक्री भएको छ । आज बीमा समुहको समुहको सुचक पनि ९३ दसमलव नौ अंकले घटेर छ हजार दुई सय नौ दसमलव २४ बिन्दुमा झर्दा दुई करोड ५५ लाख ६९ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि आज उच्च अंकले गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको समता माईक्रो फाईनान्स बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ ९८ पैसाले बढेर २१ सय ५९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको राधी जलबिद्युत कम्पनीको सेयर मुल्य चार रुपैयाँ ५८ पैसाले घटेर दुई सय ५० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय तीन रुपैयाँमा दुई करोड ६७ लाख ७४ हजार एक सय १८ रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै