• २०८१ बैशाख १६ आइतबार

नेप्सेमा दोहोरो अंकले गिरावट, आठ समुहले गुमाउँदा एउटा समुहले कमायो

kharibot

काठमाडौ  । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से आज १४ दसमलव सात अंकले घटेर १२ सय ३३ दसमलव २३ बिन्दुमा पुग्दा सेन्सिटिभ तीन दसमलव एक अंकले घटेर दुई सय ५८ दसमलव ७१ बिन्दुमा पुगेको छ । 

आज एक सय ५८ कम्पनीहरुको चार हजार तीन सय ६१ वटा कारोवारमा छ लाख ६४ हजार पाँच सय २१ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २४ करोड ५० लाख ५३ हजार सात सय ७० रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचकमा २८ दसमलव ९५ अंकले सुधार देखिएपनि बाँकी आठ वटा समुहको सुचकमा उच्च अंकले गिरावट आएको छ । बाँणिज्य बैक समुहको सुचक १२ दसमलव ५१ अंकले घटेर एक हजार ४१ दसमलव ७० बिन्दुमा झर्दा १० करोड दुई लाख ८५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बिकास बैक समुहका सुचक पनि १२ दसमलव ९९ अंकले घटेर १४ सय ४१ दसमलव ९९ बिन्दुमा झर्दा ८० लाख ६७ हजार तीन सय १० रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी बीमा समुहको सुचक पनि ७२ दसमलव चार अंकले घटेर छ हजार दुई सय ८० दसमलव ६२ बिन्दुमा झर्दा तीन करोड २८ लाख ४६ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचकमा पनि गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँल बढेर तीन सय १९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको प्राईम लाईको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ७९ पैसाले घटेर पाँच सय ९० रुपैयाँमा कारोवार भएको छ । 

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको ग्रामिण लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता छ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड २७ लाख ५४ हजार आठ सय ९१ रुपैयाँमा सेयर किनबेच भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै