• २०८१ बैशाख १८ मंगलबार

विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरबविरुद्ध गर्यो ५ गोल

kharibot

काठमाडौँ । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबलाई पराजित गरेको छ । 

विहिबार भएको २१औ विश्वकप फुटबलको पहिलो खेलमा रसियाले साउदी अरबलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

रासी को जितमा डेनिस चेरीशेभ दुई गोल गरे भने युरी गाजिन्सकी, अर्टेम डिज्यूबा र एलेक्सन्डर गोलोभिनले एक एक गोल गरेका थिए ।

खेलको १२औ मिनेटमा युरी गाजिन्सकीले गोल गर्दै रसियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४औ मिनेटमा सब्सटिच्युटको रुपमा आएका डेनिस चेरीशेभले खेलको ४३औ मिनेटमा गोल गर्दै रसियाको अग्रतालाई दोब्बर पारेका थिए   पहिलो हाफमा २-० को अग्रता लिएको रसियाले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेलको ७१औ मिनेटमा अर्टेम डिज्यूबाले गोल गर्दै रसियाको अग्रतालाई ३-० बनाएका थिए ।

रसियाले ९० मिनेट पछि दुई गोल गरेको थियो । खेलको ९१औ मिनेटमा रसियाका लागि डेनिस चेरीशेभ व्यक्तिगत दोस्रो र रसियाका लागि चौथो गोल गरेका थिए भने ९४औ मिनेटमा २२ बर्षिय युवा खेलाडी एलेक्सन्डर गोलोभिनले गोल गर्दै रसियालाई ५-० को जित दिलाएका थिए ।

अब रसियाले आफ्नो दोस्रो खेल आगामी जुन १९ मा इजिप्टसँग खेल्ने छ भने साउदी अरबले आफ्नो दोस्रो खेल जुन २० मा उरुग्वेसँग खेल्ने छ ।

रसियाको जितसँगै विश्वकपको पहिलो खेलमा आयोजक टिम अपराजित रहेको यात्रा यस विश्वकपमा पनि कायम भएको छ । विश्वकपको इतिहासमा अहिलेसम्म आयोजक टिम पहिलो खेलमा पराजित भएको छैन ।

विश्वकपका शुक्रबारका खेल नेपाली समय अनुसार इजिप्ट र उरुग्वेबीच ५:४५ बजे, मोरक्को र इरानबीच ८:४५ बजे र पोर्चुगल र स्पेनबीच राति ११:४५ बजे हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै