• २०८१ बैशाख १४ शुक्रबार

नेपाल मेडीसिटी र माउण्टेन चाइल्डबीच गोरखाका बिरामीलाई आकस्मिक उपचार गर्ने सम्झौता

kharibot

काठमाडौँ । ललितपुरको भैसेपाटिमा अवस्थित नेपाल मेडीसिटी र माउण्टेन चाइल्डबीच गोरखाका विरामीहरुलाई उपचार गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 

नेपाल मेडीसिटीका महाप्रबन्धक विजय रिमाल र माउण्टेन चाइल्डका कन्ट्री निर्देशकले दुई पक्षको प्रतिनिधित्व गर्दै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

गोरखा, गापमास्थित स्वास्थ्यचौकिमाउपचारका लागिआउने विरामीहरुलाई थपउपचारको आवश्यकता परेमा नेपाल मेडिसिटी अस्पतालमा ल्याई उपचार गर्ने सम्झौता भएको हो । 

नेपाल मेडिसिटीले अब सम्पूर्ण उपचार देशमै सम्भव भन्ने नारासहित उपचारका लागि अब विदेश जानु नपर्ने अभियानलाई ठोस रुपमा अगाडि बढाईरहेकोले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरुको सहकार्यमा नेपालका दूर्गम क्षेत्रका मानिसहरुको उपचारमा सुगमता ल्याएको अस्पतालका महाप्रबन्धक रिमालले बताए । 

त्यस्तै, माउण्टेन चाइल्डका कन्ट्री डाइरेक्टर एलनन नल्लीले उच्च गुणस्तरीय सेवा सुविधा उपलब्ध भएका कारण नेपाल मेडीसँग सहकार्य गर्न सहमत भएको र यसै सहमतिबाट गोरखास्थित गाप स्वास्थ्य चौकिमा उपचार सम्भव नभएकाहरुलाई विशेष स्वास्थ्य उपचार सेवा प्रदान गर्न आफूहरुले समझदारी गरेको उनेल स्पष्ट पारे । 
 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै