• २०८१ बैशाख २६ बुधबार

भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते 

kharibot

काठमाडौं । भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार बा ५५ प २५२७ नम्बरको मोटरसाईकल विहीबार बिहान साढे ३ बजेतिर दुर्घटना हुँदा गुल्मीका १८ वर्षका किरण श्रेष्ठको ज्यान गएको हो ।  

दुर्घटनामा घाइते भएका २१ वर्षीय शुन्दर खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । सानो ठिमीबाट सल्लाघारीका लागि छुटेको मोटरसाईकलका चालकले मादकपदार्थ सेवन गरेकाले अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै