• २०८१ बैशाख १७ सोमबार

२०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने 

kharibot

काठमाडौँ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । 

आज रसियाको मस्कोमा भएको फिफा काँग्रेसको बैठकले २०२६ को विश्वकप आयोजना अमेरिका, क्यानाडा र मेक्सिकोलाई आयोजना गर्न दिने निर्णय गरेको हो । विश्वकप आयोजनाको दौडमा रहेको मोरक्कोलाई १३४ भोट परेको थियो भने अमेरिका, क्यानाडा र मेक्सिकोको पक्षमा ६८ भोट परेको थियो ।

फिफका २१० मध्ये २०३ फिफा सदस्यलाई मतदानको अधिकार दिइएको थियो, जसमा २०० सदस्यले मतदान गरेका थिए ।

अमेरिका, क्यानाडा र मोरक्कोमा हुने विश्वकप आयोजनाले फिफालाई ११ बिलियन डलर फाइदा हुने रिपोर्ट यस अघि सार्वजनिक भएको थियो भने मोरक्कोमा आयोजना हुदा ६ बिलियन डलर फाइदा हुने बताइएको थियो ।

अमेरिकाले यस अघि सन १९९४ मा विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले सन १९७० र १९८६ मा विश्वकप आयोजना गरेको थियो । तर क्यानडाले भने यस अघि विश्वकपको आयोजना गरेको थिएन् तर क्यानाडाले महिला फुटबलको विश्वकपको आयोजना भने २०१५ मा आयोजना गरेको थियो ।

तीन देशको विश्वकप आयोजनालाई युनाइटेड २०२६ को नाम दिएर आयोजनाको दाबि गरिएको थियो । आफ्नो दाबिलाई लबिंग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार, कर र अन्य फिफाले मागेका कुराहरु अमेरिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

२०२६ को विश्वकपमा ४८ टिमले भाग लिने फिफाले यस अघि नै निर्णय गरिसकेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै