• २०८१ बैशाख १५ शनिबार

परेवाजस्तै माछो ! भाइरल बन्दै

kharibot

चीन । एक जना माछा मार्ने मानिसले फरक खाले माछो समाएका छन् । उक्त माछाको टाउको परेवासँग ठ्याक्कै मिल्दोजुल्दो रहेको छ । 

उनले उक्त माछा समाएर फोटो र भिडियो खिचेपछि पुनः पानीमै छोडिदिएका थिए । त्यसपछि सामाजिक सञ्जाल र अनलाइनमा उक्त माछो भाइरल बनेको छ । दक्षिण पश्चिम चीनको गुइयाङ सिटीमा उक्त माछो फेला परेको हो । 

उक्त माछा ग्रास कार्प भएको विश्वास गरिएको छ, जुन अमेरिका र एसियाको स्वच्छ पानीमा पाइन्छ । चीनमा पछिल्लोपटक समुद्रको अत्यधिक गहिराइमा रहेका ३० नयाँ जीवको पहिचान ड्रोनको माध्यमबाट गरिएको छ । 

यस्ता माछाको आँखाभन्दा कान ठूलो हुने बताइन्छ । यसको नाम राटफिस रहेको र आँखा भए पनि यसले नदेख्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै