• २०८१ बैशाख १४ शुक्रबार

मुआब्जा वितरणमा ढिलाईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रभावित

kharibot

रुपन्देही । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्णको लागी अधिग्रहण भएको जग्गाको मुआब्जाको  छिटो दिन स्थानियले माग गरेका छन ।

अधिग्रहणमा परेका जग्गा बिगत २२ महिना देखी  रोक्का रहेका छन लामो समय सम्म मुआब्जा नदिदा  आफुहरु अर्काै ठाउमा जान समस्या भएको बताएका छन । आयोजनाले मुआब्जा बितरण गर्न सुरु गर्दा पुजिगत लाभको बिषयमा बिबाद भएपछि समस्या भएको थियो ।

अधिग्रहण गरिएको जग्गा आफुले  स्वईच्छाले नदिएको कारण आफुहरुले  पुजीगत लाभकर छुटपाउनुपर्नै बताएका थिए । ५ बर्ष भन्दा पहिले बसोबास गरेकालाई २ दशमलब ५ प्रतिशत लाभकर लिने निर्याय भएको थियो। यो लाभकर ३० लाखभन्दा कम भएकाको लागी छुट गरिएको छ ।

अधिग्रहण परेको सिनपा ४का राजेन्द्र कुमार रायमाझी आफुहरु बिकास बिरोधी नभएको तर गरिब दुखीको जग्गा अधिग्रहण गरेपछि लाभकर लिन नहुने बताए । समयमै मुआब्जा नपाउदा  अधिग्रहणमा परेका जग्गाबालाहरु खरिद तथा अन्यस्थानमा ब्यबस्थापन गर्ने समस्या भएको बताएका छन ।

बिमानस्थललाई चाहिने  करिब ५ सय बिघाह जग्गामा  अझै २ सय ८८ बिगाह जग्गा अधिग्रहण गर्नुेपर्ने छ । ५ सय बिघाह जग्गाको सरकारले २३ अर्ब भन्दा बढी  मुआब्जा  दिनुपर्ने भएपनि अहिले सम्म १२ करोडमात्र मुआब्जा दिएको बताए । जग्गाको मुल्य कच्चि बाटो भएकालाई प्रति कठ्ठा १२ लाखदेखी २४ लाखसम्म बाटो भएको जग्गाको प्रतिधुर १ लाख ३२ हजार धुरदेखी ४ लाख ५९ हजारसम्म दिएको आयोजनाका प्रमुख ओम शर्माले बताए । 

एशियाली बिकास बैकको  ऋण सहयोगमा निमार्ण हुन लागेको  बिमानस्थल चिनिया कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निमार्णका जिम्मा पाएको छ । ८ अर्ब ५५ करोड रुपैया लाग्ने २०१८ को मार्च महिनासम्ममा सम्पन्न्न गर्नुेपर्नै सम्झौता रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै