• २०८१ बैशाख १४ शुक्रबार

इङल्याण्डविरुद्ध स्कटल्याण्डको सनसनीपूर्ण जित  

kharibot

काठमाडौँ । खेलमा कहिले काँही असम्भव मानिएका घटना हुने गर्दछन् । क्रिकेटमा आइतबार दुई यस्ता ठुला घटना अर्थात् उलटफेर भए । 

महिला तर्फको एशिया कपमा बंगलादेशको महिला टिमले भारतलाई फाइनलमा पराजित गरेर उपाधि जित्यो भने एकदिवसीय क्रिकेटको शीर्ष स्थानमा रहेको इग्ल्याण्ड एसोसियट देश स्कटल्याण्डसँग पराजित भएको छ । 

स्कटल्याण्डको भ्रमणमा रहेको पाहुना टोली इंग्ल्याण्डलाई स्कटल्याण्डले ६ रनको पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ ।

स्कटल्याण्डले दिएको ३७२ रनको लक्ष्य पछाएको इङल्याण्ड ४८.५ ओभरमा अल आउट हुदै ३६५ रन मात्र बनाएपछि खेल ६ रनले हार्न पुगेको थियो । 

इग्ल्याण्डका जोनी बेरष्टोले ५९ बलमा शतक बनाए पनि टिमलाई हार बाट जोगाउन असफल भए । इङल्याण्ड का एलेक्स हल्स ५२, लियम प्लंकेटले ४७ र मोइन अलीले ४६ रन बनाएका थिए । स्कटल्याण्डका मार्क वाटले ३ तथा अलास्दिर इभान्स र रिची बेरिङटनले २–२ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ३७१ रन बनाएको थियो । 

स्कटल्याण्डका कलुम म्याकलियोडले १४० रन बनाएका थिए । उनले ९४ बलमा १६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, केल कोट्जरले ५८ जर्ज मुन्सेले ५५, म्याथ्यु क्रसले ४८ र रिची बेरिङटनले ३९ रन बनाएपछि स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ७१ रन बनाएको थियो । 

इङल्याण्डका अदिल रसिद र लियाम प्लंकेटले २–२ विकेट लिए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै