• २०८१ बैशाख १४ शुक्रबार

कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा रु ६४ लाख खर्च

kharibot

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । 

बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट रु १४ लाख ४० हजार खर्च भएको बताए ।  

कर्णाली प्रदेशसभा कालीकोटको नरहरि गाउँपालिका– ९का मना सार्कीको हत्याका विषयमा केन्द्रित भयो । सार्की हत्यामा संलग्न दोषी कानूनी दायरामा आए पनि तिनीहरुलाई हदैसम्मको कारवाही गर्नेबारे १० सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।

जनप्रतिनिधिजस्तो व्यक्तिमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको बताउँदै उहाँहरुले घटना छानवीनका लागि समिति गठन गर्न, सार्कीलाई शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरे । 

विषयगत समितिमा पठाउन तीन विधेयक पारित 

प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सभामा पेश गर्नुभएको थियो । मन्त्री भण्डारीले उक्त पेश गरिएको विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाउन सभामा प्रस्ताव गरेसँगै सो विधेयक सर्वसम्मत पारित भएको छ । 

त्यस्तै स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि सर्वसम्मत पारित भएर सम्बन्धित विषयगत समितिमा निर्णयार्थ पेश भएको छ । 

त्यसैगरी सामाजिक विकासमन्त्री दल रावलले पेश गर्नु भएको सामाजिक संघ संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक, २०७५ सामाजिक विकास समितिमा पठाउन गरिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ । संसदको एघारौं बैठक शनिबार अपराह्न १ः०० बजे बस्दैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै