• २०८१ बैशाख १४ शुक्रबार

हाइप्रोफाइल सेलिब्रेटीहरुको सस्तो कार, बलिवुडका कुन सेलिब्रेटी कस्तो कारमा हिड्छन् ?

kharibot

काठमाडौँ । बलिवुडमा सेलिब्रेटीको कमाई अनुसारको फेशन र विलासी जीवन हुने कुरा त सामान्य नै हो । तर बलिवुडको चमक धमकका बीच केहि यस्ता स्टारहरु छन् जसको जीवनशैली अत्यन्त सामान्य रहेको देखिन्छ । यसैबीच केहि बलिवुडका सेलिब्रेटीहरु करोडौ कमाई हुदा पनि सामान्य र सस्तो कार प्रयोग गर्ने गरेको पाइएको छ ।

बलिवुडका चर्चित अभिनेता जोन अब्राहम मोटरसाइकलका सौकिन अभिनेता मानिन्छन् । उनीसँग निशान जिटीआर जस्ता महंगो कार पनि रहेको छ र अनेकौ प्रकारका बाइकको कलेक्सन पनि रहेको छ तर उनले करिब ५ लाख भारतीय रुपैया पर्ने मोडिफाई गरेको जिप्सी लिएर घुम्ने गर्दछन् ।

त्यस्तै सस्तो गाडी प्रयोग गर्ने अर्का अभिनेता जैकी सराफ हुन् । महंगा कारको कलेक्सन भएपनि जैकी साराफले टोयटा इनोवा कार प्रयोग गर्ने गर्दछन् जसको मुल्य १२ देखि १८ लाख भारतीय रुपैयाँसम्म पर्ने गर्दछ ।

त्यस्तै यस सुचिमा अभिनेता अनिल कपुरको नाम पनि आउछ । दशकौ देखि फिल्ममा काम गरिरहेका अनिल कपुरसँग कैयौ महंगा गाडीको कलेक्सन रहेको छ । उनीसँग २ करोड पर्ने मर्सिडिजक ओएस क्लास, १.६ करोड पर्ने औदी ए ८ जस्ता कारहरु रहेका छन् । तर अनिल कपुर करिब १२ लाख भारतीय रुपैया पर्ने टाटा सफारीमा यात्रा गर्ने गर्दछन् ।

त्यसै गरि अर्का अभिनेता नाना पाटेकर पनि साधारण जीवनशैलीका कारण चर्चामा रहेका छन् । नाना पाटेकरले हाल उत्पादन नै बन्द भएको महिन्द्राको मेजर जीप प्रयोग गर्दछन् जसको मुल्य २ देखि ३ लाख भएको बताइन्छ ।

यस सुचिमा अहिलेकी चर्चित अभिनेत्री दिशा पटानीको पनि नाम आएको छ । दिशालाई चेवरोलेटको क्रुज गाडीमा हिडेको देखिन्छ जसको मुल्य ८ देखि १२ लाख सम्म रहेको छ ।
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै