• २०८१ बैशाख १६ आइतबार

फेसबुकको सफ्टवेयर गडबडीले १ करोड ४० लाख प्रयोगकर्ताको निजी कुरा सार्वजनिक 

kharibot

न्युयोर्क । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फोसबुकले बिहीबार आफ्नो सफ्टवेयरमा गडबडी भएको स्वीकारेको छ । कम्पनीका अनुसार उक्त गडबडीले १४ मिलियन अर्थात् एक करोड ४० लाख प्रयोगकर्ताको निजी डाटा पब्लिक हुनपुगेको हो । 

गल्ती भएको स्वीकार्दै फेसबुकले दुःख व्यक्त गरेको एपीले जनाएको छ । यस्तो गडबडी १८ मेदेखि २७ मेको बीचमा भएको थियो । कम्पनीका प्राइभेसी अफिसर इरिन इगनले सफ्टवेयरमा गडबडी भएको बारे सार्वजनिक गरेका थिए । 

फेसबुकको सफ्टवेयरमा बग भएको बताइएको छ । यस्तो हुँदा स्वतः प्रयोगकर्ताका नयाँ पोष्टहरु पब्लिक हुन्छन् । प्रयोगकर्ताले प्राइभेट सेटिंगमा फ्रेन्ड्स वन्ली बनाए पनि उक्त बगको कारण स्वतः पब्लिकले देख्न मिल्ने हुन्छ । 

फेसबुकको २.२ बिलियन प्रयोगकर्ता रहेका छन् भने यसअघि अर्को लोकप्रिय सामाजिक सञ्जाल ट्विटरले पनि सफ्टवेयर गडबडीबारे बताएको थियो । ट्विटरले डाटा चोरी हुनसक्ने भन्दै सबै प्रयोगकर्तालाई पासवर्ड बदल्न भनेको थियो । 

  • एपीबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय