• २०८१ बैशाख १५ शनिबार

ग्लोबल आइएमई बैंकको मकवानपुरमा २ शाखारहित बैंकिङ सेवा सुरु  

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंकले  बुधबारदेखि मकवानपुर जिल्लाको थाहा नगरपालिका – ९, चित्लाङ्गमा ८८औँ र बिहीबार देखि सोही जिल्लाकै मकवानपुरगढी गाँउपालिका – ५, धादिङ्ग बजारमा ८९औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ । 

चित्लाङ्गमा खोलिएको ८८ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले गरे । स्थानीय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

धादिङ्ग बजारमा खोलिएको ८९ औँ सेवाकोे सेवाको उद्घाटन मकवानपुरगढी गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिप बहादुर घिमिरेले गरे र स्थानिय राजन कपालीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ८९ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै