• २०८१ बैशाख १५ शनिबार

दुई लघुवित्तको हकप्रद स्वीकृत, युनिभर्सलले साढे ९६ करोडको साधारण सेयर जारी गर्दै 

kharibot

काठमाडौं । नेपाल धितोेपत्र बोर्डले पछिल्लो पटक दुई वटा लघुवित्त वित्तीय संस्थालाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले स्वरोजगार लघुवित्त वित्तीय संस्था र समता माईक्रो फाइनान्सलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । 

बोर्डका अनुसार स्वरोजगार लघुवित्तलाई १२ करोड २४ लाख ९७ हजार सात सय ६० रुपैयाँको हकप्रद सेयर निष्काशनको लागि अनुमति दिइएको हो ।

संस्थालाई विद्यमान चुक्ता पुँजीका एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी १२ लाख २४ हजार नौ सय ७७ दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डका अनुसार संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 

यसैगरी समता माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि बिद्यमान चुक्ता पुँजीबाट दुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी एक करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ८९ हजार छ सय कित्त हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ । 

यता युनिभर्सल पावर कम्पनी लिमिटेडले भने बोर्डसमक्ष ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न अनुमति माग गर्दै आवेदन दिएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ९६ लाख लाख ६१ हजार छ सय १० कित्ता साधारण सेयर निष्काशन गर्नको लागि आवेदन माग गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै