• २०८१ बैशाख १६ आइतबार

मैले चढ्नुअघि सोचेको 'छि ! सगरमाथा' र चढेपछि देखेको 'वाह ! सगरमाथा' !

kharibot

फोगल आफ्नो सगरमाथा आरोहणबारे ब्रिटेन टिभी शो गुडमर्निंगमा अनुभव साट्दै । तस्बिर : ITV/Rex/Shutterstock/the guardian

मात्र दुई हप्ताअघि म विश्वकै छानोमा उभिइरहेको थिएँ, बढाइचढाइँ गरेर भने पनि वा सत्य बोले पनि । हो, म ८ हजार ८ सय ४८ मिटर माथि सगरमाथाको चुचुरोमा थिएँ । यो मेरो लागि धेरै वर्षको मिहिनेतर र उत्कट इच्छाकै उच्चतम विन्दु थियो । एक प्रकारले भन्नुपर्दा यो मेरा लागि बाल्यकालमा देखेको सपना पूरा भएको दिन पनि । 

मैले यो क्षणका लागि धेरै शुभाशंसा र सरसहयोग पाएँ तर एउटा कुरा भने प्रष्ट भइरहेको थियो । धेरै मानिसहरुको सोचाइमा सगरमाथाले आप्mनो मुकुट हराएकी छिन् भन्ने छ । सोही कारण उनीहरु सगरमाथालाई मृत्यु, शोषण र प्रदूषणको पर्याय बनेको सोच्न थालेका छन् । 

मैले धेरैजसो के सगरमाथा फोहोरको गद्दी बनेको छ ? भन्ने प्रश्नको सामना गरेको छु । संयुक्त राष्ट्रसंघको वातावरण संरक्षकको हैसियतमा भन्नुपर्दा मेरो भूमिका भनेको पृथ्वीको यथास्वरुपको अवलोकनपछि त्यसबारे रिपोर्टिङ गर्नु र त्यसको संरक्षणका पक्षमा काम गर्ने उत्साहलाई विस्तार गर्नु हो । अझ म यसकारण सगरमाथा चढ्न लालायित थिएँ कि मानिसहरुले सगरमाथालाई नराम्रो अर्थमा भन्ने गरेको विश्वको अग्लो गार्बेज डम्प (फोहोर फाल्ने ठाउँ) नै भयो कि त ! भन्ने पनि देख्नु थियो । 

मैले सगरमाथा चढ्दा आफूलाई भन्दा शेर्पाहरुसँगको सहकार्यलाई अलिक व्यापक पारेको थिएँ । मैले सगरमाथा क्षेत्रमा छरिएका रद्दी सामानहरु, बोतल नै बोतलका टुक्राहरु र मानिसले उत्सर्जन गरेका दिसाहरुले हिँडी नसक्नु छ भन्ने दन्त्यकथाहरु धेरै सुनेको थिएँ । सोही कारण मैले नराम्रो अवस्थाका लागि धेरै तयारी गरेको थिएँ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार हरेक वर्ष करिब एक लाख मानिसहरु मुख्य गरी ट्रेकिङ गर्नेहरुले उक्त क्षेत्रको भ्रमण गर्छन् । उनीहरुको रुट बेस क्याम्प हुन्छ, जुन भनेको विश्वकै व्यस्त र अत्यधिक लोकप्रिय ट्रेल पनि हो । अझ थप भन्नुपर्दा हजारौँ मानिसले उक्त स्थानमा जान लालायित हुनु भनेको यसको लोकप्रियताकै कारण हो । तर साँचो कुरा लुक्ला एयरपोर्टदेखि चुचुरोसम्मको यात्राका दौरान मैले एकदमै विरलै रुपमा मात्र फोहोरको टुक्रा देखेँ । 

नेपालीहरुले विगत वर्षहरुमा ठूला ठूला केही सरसफाइ क्याम्प नै आयोजना गरेका छन् ।

नेपालीहरुले विगत वर्षहरुमा ठूला ठूला केही सरसफाइ क्याम्प नै आयोजना गरेका छन् । यो सायद यसको प्रसिद्धि जोगाउनका लागि पनि हुनसक्छ अथवा विगतका केही ठूला प्राकृतिक विपत्तिपछिको उत्तरदायित्व निभाएको पनि हुनसक्छ । सन् २०१५ को भूकम्पले बेस क्याम्पमा नराम्रो क्षति पुर्यायो, यस  क्रममा मानिस मात्रै मरेनन्, वातावरणलाई पनि ठूलै क्षति पुर्याएको थियो । खासगरी उद्धार गरिएका मानिसहरुले लगेका सरसामान यत्तिकै हिमालयमै छाडिन पुगे । 

नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई विभिन्न मापदण्ड हुनुपर्ने नियम बसालेको छ । यसअन्तर्गत हरेक आरोहीले आफ्नोबाहेक थप आठ किलो परिमाणको फोहोर हटाउनुपर्ने र प्रतिकिलो उठाइएको फोहोरका लागि शेर्पाहरुलाई २ डलर दिएर उत्साह थप्नुपर्ने नियम बनाएको छ । अन्टार्कटिकामा जस्तै सगरमाथामा पनि ‘फोहोर फाले जरिवाना’ नियम लागू गरेर विभिन्न मानवजनित फोहोरको व्यवस्थापनको प्रयास गरिएको छ ।

र यसको परिणाम पनि निकै उत्साहवद्र्धक र रोचक छ । ग्रेट ब्रिटेनका हिँड्ने÷दौडिने बाटाहरुभन्दा सफा छ सगरमाथा आधारशिविरको ट्रेल । जहाँ लाखभन्दा बढी मानवपाइलाहरु पर्छन्, तैपनि अत्यन्त सफा र प्रकृतिको यथास्वरुप देख्न पाइन्छ सगरमाथा बेस क्याम्पमा, जुन मैले आजसम्म भेटेको पहिलो मनमोहक प्रकृतिको यथास्वरुप हो । 

सबैले सोध्ने गरेको सगरमाथा त अक्सिजनका बोतल नै बोतल यत्रतत्र छरिएको छ रे नि त भन्ने प्रश्नबारे भन्नुपर्दा मेरो आफ्नै अनुभव छ । म पनि मान्छु पहिले पहिले यस्तो समस्या थियो तर आजको सगरमाथा पहिलेजस्तो छैन । हरेक त्यस्ता बोतलको मूल्य पाँच सय अमेरिकी डलर मूल्यवान् हुन्छ भने यो औसत वार्षिक आम्दानी हुने देशमा यसरी बोतल फालिएको छैन । मैले शेर्पाहरुले प्रयोग भइसकेका बोतल संकलन गर्न सगरमाथा चढेको देखेँ । मेरै आरोहणका दौडान पनि मैले यस्ता बोतलहरु नभेटेको होइन तर ती सबै आरोहीहरुले आफैँले लगेका थिए भने त्यसक्षेत्रबाट ती सबै अहिले हटाइसकिएको छ ।  

ग्रेट ब्रिटेनका हिँड्ने/दौडिने बाटाहरुभन्दा सफा छ सगरमाथा आधारशिविरको ट्रेल, जहाँ लाखभन्दा बढी मानवपाइलाहरु पर्छन् !

अरु त अरु, बेसक्याम्प पनि फोहोरमुक्त थियो । सबै प्रयोग गरिएका सामानहरु होसियारीपूर्वक उठाइएको थियो भने पहाडबाट याकमा राखेर तल झारिएको थियो । क्याम्प २ यसका लागि सबैको नजर परेको सत्य हो तर त्यहाँ पनि खुम्बु आइसफलमाथि मैले मानिसहरु होसियारीपूर्वक तिनको संकलन गरी तल झारिरहेका भेटिन्थे । एकपटक फेरि मैले प्राचीन पर्वत देखेँ । 

सगरमाथाका आरोहीहरु एकदमै अनुशासित भेटिए भने आफूले उत्सर्जन गर्ने फोहोरहरु आफैँले बोकेको समेत देखेँ । ठूलो समस्याचाहिँ क्याम्प ४ हो । यो एकदमै कठिन परिस्थितियुक्त स्थान पनि हो । यहाँ भने पुराना थोत्रामित्रा पालका टुक्रा, पोलहरु जो हिउँमा जमेर रहेका छन्, तिनलाई निकाल्न समस्या हुन्छ किनकि यहाँ प्रतिघण्टा १०० किमिको तीव्र गतिमा हावा चल्छ । त्यसकारण यहाँचाहिँ फोहोर निकाल्न ठूलै चुनौती रहेको छ । 

क्याम्प ४ लाई भन्नुपर्दा सगरमाथा र मानिसबीचको सम्बन्धको जमेको समय क्याप्सुल पनि हो । हजारौँले आफ्नो सपना पूरा गर्न सगरमाथा क्षेत्रका प्रत्येक शिखरहरुमा पाइला राखेका छन् । यो अन्टार्कटिकामा रहेका स्कट अर शेक्लेटनका कुटी र झुप्राहरुको अझै कडा भर्सन मान्दा उपयुक्त हुन्छ । अथवा अलिक अमूर्त रुपमा भन्दा चाहिँ प्रकृतिको यथास्वरुपसँगको मानवीय सम्बन्ध भन्दा पनि हुन्छ ।

मैले विश्वका थुप्रै प्राकृतिक यथास्वरुप र स्थानहरुमा समय बिताएको छ र म यसमा के भन्छु भने नेपाल गर्वान्वित छ । यो मानिसले प्रकृतिमा पुर्याएको क्षतिको मानवीय पुनर्मर्मत पनि हो । हामी प्रायः समुद्रतिर बढी केन्द्रित भएका छौँ र हामीले सगरमाथामा फर्किरहेको प्रकृतिको यथास्वरुपलाई पनि हेर्नसक्छौँ, जहाँ हेर्दा नसकिने जस्ता लाग्ने कामहरु भइरहेका छन् । 

  • (बेन फोगल राष्ट्रसंघका लागि वातावरण संरक्षक दूत हुन् । उनको सगरमाथा आरोहणबारे अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन)मा आगामी ३० जुनमा प्रसारण हुँदै छ ।) 
बुधबार द गार्जियनको अनलाइन संस्करणको विचारस्तम्भमा छापिएको फोगलको विचारको भावानुदित अंश 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय