• २०८१ बैशाख १७ सोमबार

निर्वाचन क्षेत्र निर्धारण गर्दा षडयन्त्र भयो – राजपा 

kharibot

काठमाडौँ ।  निर्वाचन क्षेत्र निर्धारण आयोगको क्षेत्र निर्धारण अन्याय पूर्ण भएको भन्दै राजपाले विरोध गरेको छ । 

राजपाले एक विज्ञप्ति जारी गर्दै यस अघिको भन्दा पनि जनसंख्याको आधारमा कम सिट छुट्याइएको भन्दै विरोध गरेको हो ।  राजपाले मधेसका २० जिल्लामा २०६८ सालको जनगणना अनुसार ५१ प्रतिशत जनसंख्या रहेको जसमा ७८ वटा क्षेत्र मात्र छुट्टयाईएको र यस अघि २० जिल्लामा ११६ निर्वाचन क्षेत्र रहेको उल्लेख गरेको छ ।

राजपाले निर्वाचन क्षेत्रको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री शेरबहादूर देउव्लाई पनि ज्ञापन पत्र दिएको छ ।

प्रमुख तीन दलको दबाबमा जातीय, सामुदायिक कल्स्टर बिगारेर आफु अनुकुल भागबन्डाको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिएको भन्दै राजपाले आपत्ति प्रकट गरेको छ ।

मधेशको प्रतिनिधित्व घटाउने र सत्ता शक्तिको बलमा आफु अनुकुल निर्वाचन क्षेत्र निर्धारण गरिएको विषय षडयन्त्रमुलक भएको राजपाको ठहर छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै