• २०८१ बैशाख १७ सोमबार

बलात्कारपछि छोरीको हत्या गरिएको भन्दै न्याय माग्न आमा काठमाडौंमा 

kharibot

काठमाडौं । अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् । रिपोर्टर्स क्लब नेपालमा मृतक नेपालीका आमाले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस ९ गते कालिका मन्दिरमा मृत भेटिएकी समिताको आत्महत्या नभई हत्या नै भएको दाबी गरेका छन् । 

मृतक नेपालीकी आमा लिला नेपालीले अर्घाखाँचीको प्रशासनले न्याय नदिएको बताउँदै बाध्य भएर आफू न्यायको लागि काठमाडौं आईपुगेको बताईन् । 

उनले भनिन्,‘मेरो छोरीको हत्या हुनपूर्व २०७३ साल माघ ७ गते बलात्कार हुनु र त्यसको  करिब एक वर्षपछि हत्या हुनु सामान्य रहस्य होईन, मेरी छोरीको बलात्कारपछि हत्या नै गरिएको हो, जिल्ला प्रशासन कार्यालयमा मैले न्यायको लागि धेरै आग्रह गरें तर राज्यले बलात्कारी राजु अधिकारीलाई समात्नपनि सकेन, त्यसपछि नाटकीय रुपमा छोरीलाई मृत्युको मुखमा पुर्‍यायो ।’

‘गत वर्ष पुस ६ गते बिहान काठमाडौं कोठाबाट स्कुल गएकी छोरी ११ बजेसम्म घर नफर्केपछि खबर गरियो, खबर गर्दाखेरी मैले मेरै जातको केटासँग बिहे गरेर हिँडेको खबर आयो त्यसको तीन दिनपछि मृत भेटिएको खबर भूमिकास्थान नगरपालिकाकै झबिन नेपालीले दिएको र मोबाइलमा उसैको धम्किपूर्ण एसएमएस भेटिएको थियो, त्यति प्रमाण हुँदापनि प्रहरीले उनलाई केही समयसम्म निगरानीमा राखेपनि अहिले खुल्लम खुल्ला हिँडिरहेको छ’, मृतककी आमाले भनिन् । 

त्यस्तै कार्यक्रममा मानव अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

उनले भने, ‘भारत, अमेरिका, बेलायतलगायत अन्य देशमा बलात्कारीलाई फाँसिको सजाय दिने कानून छ, हाम्रो देशमा किन नहुने ? २०७१/०७२ को तथ्याङ्कलाई हेर्ने हो भने पछिल्ला वर्षमा ३० प्रतिशतले बलात्कारका घट्नाहरु बढेका छन् ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै