• २०८१ बैशाख १४ शुक्रबार

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर तनहुँको फुस्रेटारमा 

kharibot

काठमाडौं । ग्लोवल आईएमई बैंकले जेठ २१ गते सोमबार देखि तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं २, फुस्रेटारमा एक्सटेन्सन काउण्टर सुरु गरेको हो । 

भानु नगरपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले एक सय २९ शाखा, एक सय ३१ एटिएम, पाँच एक्सटेन्सन काउण्टर, १४ वटा राजस्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ्ग सेवा, तीन प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना नौ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै