• २०८१ बैशाख १५ शनिबार

डिफेन्डर उमटिटिद्वारा बार्सिलोनामा ५ बर्षका लागि सम्झौता नवीकरण

kharibot

काठमाडौँ । फ्रान्सका २४ बर्षिय डिफेन्डर साम्युअल उमटिटिले बार्सिलोनामा आफ्नो सम्झौता नवीकरण गरेका छन् । 

बार्सिलोनाले उमटिटिले क्लबमा ५ बर्षका लागि आफ्नो सम्झौता नवीकरण गरेको जानकारी दिएको छ । नयाँ सम्झौता अनुसार उमटिटि अब २०२३ सम्म बार्सिलोनामै बस्ने छन् ।

यसअघि उनि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने रिपोर्ट आएको बेला बार्सिलोना मै सम्झौता नवीकरण गरेका हुन् ।

यस अघि लियोनबाट २० मिलियन पाउण्डमा बार्सिलोना आएका उमटिटिले अहिले कतिमा सम्झौता गरे भन्ने जानकारी बाहिर आएको छैन । उनको यस अघिको रिलिज क्लज केबल ५३ मिलियन पाउण्ड थियो । अहिले नयाँ सम्झौतामा उमटिटिको पारिश्रमिक व्यापक बढेको बताइएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै