• २०८१ बैशाख २० बिहीबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो : पेट्रोल, डिजेल र मट्टीतेलमा ३-३ रुपैयाँले वृद्धि

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । 

शनिबार राति बाट लागुहुने गरि निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा ३, ३ रुपैयाँले वृद्धि गरेको छ ।

नयाँ मुल्य अनुसार पेट्रोल प्रति लिटरको अब ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य प्रति लिटर ९५ रुपैयाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएसँगै निगमले मुल्य बढाएको जनाएको छ । 

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ ।  ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।

निगमले यसअघि जेठ २ गते पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै