• २०८१ बैशाख १६ आइतबार

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीद्वारा तनहुँस्थित जगदल गणको निरीक्षण

kharibot

काठमाडौँ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले पश्चिम पृतनाअन्तर्गत तनहुँ जिल्लामा तैनाथ श्री नं.३ जगदल गणको निरीक्षण भ्रमण गरेका छन् । 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । 

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाण्डौं फिर्ता भएका छन् । 

नेपाली सेनाद्वारा निर्माणाधीन कालीगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्ला, कुस्मीसेरा नगरपालिकास्थित लौवा खोलामा नवनिर्मित बेलिबृजको समुद्घाटनको सिलसिलामा प्रधानसेनापति क्षत्री जेष्ठ १८ गते स्याङजातर्फ प्रस्थान गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै