• २०८१ बैशाख १४ शुक्रबार

एन्टोनी ग्रिजम्यानले विश्वकप अघि बार्सिलोना जाने बारे निर्णय लिने 

kharibot

काठमाडौँ । फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यानले विश्वकप अघि नै आफुले आफ्नो भविष्यबारे निर्णय गर्ने बताएका छन् ।

इटालीसँग मैत्रीपूर्ण खेल खेल्नु अघि मिडियासँग कुरा गर्दै ग्रिजम्यानले विश्वकप अघि नै क्लबमा आफ्नो भविष्यबारे निर्णय लिने बताएका हुन् । हाल एथलेटिको म्याड्रिडबाट खेलिरहेका ग्रिजम्यान बार्सिलोना जाने तयारीमा रहेको मिडिया रिपोर्ट आइरहेको छ ।

एथलेटिकोलाई युरोपा कपको फाइनलमा २ गोल गर्दै यस सिजनको उपाधि जिताएका ग्रिजम्यानले विश्वकप अघि नै आफुले निर्णय लिने बताए पछि उनी विश्वकप अघि नै बार्सिलोना जाने बताइएको छ । 

२७ बर्षिय फ्रेन्च स्ट्राइकरलाई बार्सिलोनाले लामो समय देखि भित्राउन प्रयास गरिरहेको छ । एथलेट को का अध्यक्षले ग्रिजम्यान बिक्रीमा नभएको प्रतिक्रिया दिएका छन् भने एथलेटिकोका अर्का स्ट्राइकर डिएगो कोष्टाले ग्रिजम्यानले निर्णय लिन केहि समय लिएको भन्दै ग्रिजम्यान एथलेटिकोमै रहे आफु अत्यन्त खुशी हुने बताए । कोष्टाले ग्रिजम्यान एथलेटिको मै रहने विश्वास व्यक्त गरे ।  

विश्वकपको समुह सीमा रहेको फ्रान्ससँग अस्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् । फ्रान्सले विश्वकपमा आफ्नो पहिलो खेल जुन १६ मा अस्ट्रेलियासँग खेल्दै छ भने दोस्रो खेल पेरुसँग सुन २१ र तेस्रो खेल जुन २६ मा डेनमार्कसँग खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै