• २०८१ बैशाख १४ शुक्रबार

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

kharibot

गुलरिया, बर्दिया । भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले जानकारी दिएकी छन्  । 

एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकको छोरा १३ वर्षीय अरुण विक, रुकुम सानेचौर घर भएका जुना परियारको छोरा १२ वर्षीय रविन परियार र बर्दिया गुलरिया–९ घर भएकी दिलमाया विकको छोरा ११ वर्षीय अजय विकलाई उद्धार गरेर ल्याइएको महिला विकास अधिकृत बस्नेतले बताइन्उ  । 

ती उद्धार गरेर ल्याइएका बच्चालाई अहिले जिल्ला सेवा केन्द्र गुलरियामा पुनःस्थापनाको लागि राखिएको उनले बताइन् । ती बच्चालाई भारतबाट ल्याउन धेरै दिनको प्रयासबाट दुई दिन लगाएर नेपालमा ल्याइएको उनले जानकारी दिइन् । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले हराएका बच्चाको संरक्षणका लागि सरकारले नीति बनाउनु पर्ने बताउँदै पुनःस्थापनापछि बालबालिकाको हकअधिकारको व्यवस्था राज्यले गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । 

यस वर्ष जिल्ला बालकल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय, बर्दियाले पाँच बालक र एक बालिका गरी छ जनालाई उद्धार गरेको महिला तथा बालबालिका कार्यालय प्रमुख बस्नेतले जानकारी दिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै