• २०८१ बैशाख १५ शनिबार

जिनेदिने जिदानद्वारा रियल म्याड्रिडको म्यानेजरबाट राजीनामा  

kharibot

काठमाडौँ ।  जिनेदिने जिदानले रियल म्याड्रिड छोडेका छन् ।

जिदानले क्लबलाई लगातार तेस्रो बर्ष च्याम्पियन्स लिग जिताएको ५ दिनपछि आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

४५ वर्षीय जिदानले रियलको साण्टियागो बेर्नाबेउ रंगशालमा भएको पत्रकार सम्मेलनमा अप्रत्याशित रुपमा राजीनामाको घोषणा गरेका हुन् । सन २०१६ मा रियलको प्रशिक्षक भएर मड्रिड आएका जिदानले २०१६-१७ सिजनको ला लिगा तथा लगातार ३ पल्ट च्याम्पियन्स लिग जिताएका थिए । 

जिदानले रियलका अध्यक्ष फ्लोरेण्टिनो पेरेज पनि उपस्थित पत्रकार सम्मेलनमा आफ्नो राजीनामाको घोषणा गरेका थिए ।

राजीनामा दिदै जिदानले भने, ‘मैले म्यानेजरको रुपमा अर्को सिजन निरन्तरता नदिने निर्णय गरेको छु । म र सबैलाई परिवर्तन गर्ने समय आएको छ । यो सजिलो निर्णय थिएन ।’
जिदानले आफुले क्लबलाई अत्यन्त माया गर्ने भन्दै क्लबले र यसका अध्यक्षले आफुलाई खेलाडीको रुपमा र म्यानेजरको रुपमा मौका दिएको बताए ।

जिदानले राजीनामा घोषणा गरिरहदा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले असहज महसुस गरेका थिए । निराश देखिएका पेरेजले जिदानको राजीनामालाई अप्रत्याशित भन्दै यो आफ्नो लागि, क्लबको लागि र क्लबका फ्यानको लागि नराम्रो दिन भएको बताए ।

मैले खेलाडीको रुपमा र म्यानेजरको रुपमा जिदानलाई सधै मन पराए भन्दै म्यानेजरको रुपमा जीवनभर रहन आग्रह गरेपनि यो अन्तिम निर्णय बह्येको बताए । आफुले जिदानलाई क्लबमै राख्न अन्तिम प्रयासस्वरूप हिजो जिदानको घरमा गएपनि उनले आफुले छोड्ने निर्णय गरेको बताएको पत्रकार सम्मेलनमा बताए ।

पेरेजले आफुले जिदानलाई गुड बाइ नभन्ने तर सी यु सुन भन्ने भन्दै जिदान फेरी ररियल आउने कुरामा आफु विस्वस्त रहेको बताए ।

जिदानले जनवरी ४ २०१६ मा रियल म्याड्रिडको म्यानेजर सम्हालेका जिदानले २०६ खेलमा १३० खेलम जित, ४६ खेल बराबरी र ३० खेलमा हार बेहोरेका छन् । रियलकाल आगी म्यनेजरको रुपमा जिदानले एक ला लिगा, ३ च्याम्पियन्स लिग, २ फिफा विश्वकप र एक युइएए सुपर कप जितेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै