• २०८१ बैशाख १५ शनिबार

सिमरामा हुने मेयर कप फुटबलको तयारी पूरा

kharibot

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सामुदायिक बिकासशील क्लबले सिमरामा आयोजना गर्न लागेको प्रथम मेयर कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

उपमहानगरपालिको २४ वटै वडाको सहभागिता रहने प्रतियोगिताको उद्घाटन विहिवार दिउसो ३ बजे सिमरा रंगशालामा हुनेछ । प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा दिउसो ३: ३० बजे वडा नम्बर १ र वडा नम्बर १३ बिच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी दोस्रो खेलमा अपरान्ह ४ : ३० बजे वडा नं. ६ ले वडा नम्बर ११ को सामना गर्नेछ ।

नकआउट चरणमा खेलाईने प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १० हजार नगद प्राप्त गर्नेछन् भने विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, डिफेन्स र मिडफिल्डले समान ५-५ हजार प्राप्त गर्नेछन् ।

खेलकुद पत्रकारहरुको संगठन नेपाल खेलकुद पत्रकार मञ्च बारा सञ्चार प्रवद्र्धक रहेको प्रतियोगिताले दक्ष तथा क्षमतावान खेल उत्पादन गर्ने लक्ष्य लिएको छ । प्रतियोगिता आयोजना भएपछि खेलाडी र खेलप्रेमी दर्शक उत्साहित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय