• २०८१ बैशाख २९ शनिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा रौतहटको बंकुल बजारमा

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा रौतहटको  बौधीमाई नगरपालिका वडा-६, बंकुलबजार, रौतहटमा १४३औं शाखाको रुपमा स्थापना गरेको छ ।

बंकुलबजार शाखाको एक समारोहका बिच बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवबाट विधिवत् समुद्घाटन  भएको छ ।

बैंकले मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रू १६२ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११२ अर्ब र कुल निक्षेप करिब रू १३८ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय